प्रधानमन्त्रीको पहिलो भ्रमण भारतमै गर्नुपर्ने राजनीतिक दबाब छैन – प्रचण्ड

युग संवाददाता     98 पटक पढिएको    

प्रधानमन्त्रीको पहिलो भ्रमण भारतमै गर्नुपर्ने राजनीतिक दबाब छैन – प्रचण्ड

 

काठमाडौं जेठ ४  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो विदेश भ्रमण भारतमै गर्ने भन्ने परम्परा आफूले नै तोडेको बताएका छन् । 

प्रतिनिधि सभाको बैठकमा सांसद चित्रबहादुर केसीको प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण भारतमै गर्नुपर्ने कारण के होला रु भन्ने प्रश्नको जवाफमा प्रचण्डले त्यस्तो कुनै वाध्यता नभएको बताए । 

उनले भने, ‘त्यस्तो कुनै वाध्यता छैन । त्यसको जवाफ मैले पहिलो कार्यकालमै दिएको छु । तर भारतसँगको व्यवहार, खुला सीमाना, संस्कृति रहे पनि राजनीतिक रुपमा कुनै दाबाब छैन ।’


पहिलो कार्यकालमा उनी २०६५ सालमा चीन गएका थिए ।  



बिहिबार ०४, जेठ २०८० ०८:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.