शनिबारको दिनमा साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ जेठ ४ गते शनिबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।

Yugnepal     1293 पटक पढिएको    

शनिबारको दिनमा साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ जेठ ४ गते शनिबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।

शनिबारको दिनमा साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ जेठ ४ गते शनिबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।

वि।सं।२०७६ साल ज्येष्ठ ०४ गते । शनिबार । ईश्वी सन् २०१९ मे १८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष । तिथि पूर्णिमा,५४ घडी १६ पला,रातको ०२ बजेर ५८ मिनट उप्रान्त प्रतिपदा । नक्षत्र विशाखा,५४ घडी ०९ पला,रातको ०२ बजेर ५५ मिनेट उप्रान्त अनुराधा । योग वरियान,२६ घडी २३ पला,दिउसो ०३ बजेर ४९ मिनेट उप्रान्त परिध । करण भद्रा,दिउसो ०३ बजेर २९ मिनेट उप्रान्त बव,रातको ०२ बजेर ५८ मिनेट उप्रान्त वालव । आनन्दादिमा शुभ योग । चन्द्रराशि तुला,बेलुकी ०८ बजेर ५९ मिनेट उप्रान्त बृश्चिक  ।  चण्डी पूर्णिमा। कूर्म जयन्ती। गोरखनाथ जयन्ती। किरातहरूको उभौली पर्व। वैशाखस्नान समाप्ति। बन्दिकापुरमा चण्डेश्वरी रथयात्रा। स्वायाँ पुन्ही। घाँटुनाच समापन। रानीघाटमा बाघभैरव पर्व। ललितपुरको गोटिखेलस्थित वैतरणीधाम स्नान।  काठमाडौंमा सूर्योदय ०५ बजेर १६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४६ मिनेट । दिनमान ३३ घडी ४६ पला ।
मेष ९चू,चे,चो,ला,लि,लू,ले,लो,अ० रमाईलो यात्रा गर्न सकिने भए पनि यात्राका क्रममा बाधा तथा अवरोधहरुको सामना गर्नु पर्नेछ । आथिक रुपमा कमजोर हुने तथा अरुको हेपाईमा परिनेछ । माया प्रेममा नचाहादा नचाहादै मनमुटाब सिर्जना हुनेछ भने जीवन साथिले सहयोग नगर्दा उपलब्धि गुम्ने खतरा रहेकोछ । अध्ययनमा अरुभन्दा पछि परिने हुदा नतिजा अरुतिरै जानेछ । नोकरिमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपदा तनाब बड्नेछ ।
बृष९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० प्रतिश्पर्धिहरु हर क्षेत्रमा हावि हुँनाले तपाईको हरेक पाईलामा अवरोध खडा गर्नेछन् । कुनै मुद्दा मामिलामा सहभागि नहुँनु होला न्यायिक निर्णयहरु आज तपाईको पक्षमा नहुँन सक्छ । पढाई लेखाईमा ध्यान नजाने हुँनाले अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । धन सम्पति हराउँने तथा चोरिने अधिक सम्भावना रहेकोले आफ्नो धनमालको सुरक्षा गर्न जरुरि देखिन्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ ।
मिथुन९का,की,कू,घ,ङ,छ,के,को,हा० पढाई लेखाईमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा निकाल्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि हुँनेछ । बौद्धिक तथा प्राज्ञिक सभा समारोहमा सहभागि भई गतिलो प्रश्तुति दिने अवसर जुर्नेछ भने आफन्त तथा गुरुवर्गहरु खुसि हुँनेछन् । आकश्मिक धन तथा मानव निर्मित र्भातिक सम्पति लाभ हुँने योग रहेकोछ । नयाँ ठाउँबाट प्रेम प्रश्ताव आउँने तथा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुँनेछ ।
कर्कट९ही,हू,हे,हो,डा,डी,डु,डे,डो० आफन्त,साथिभाई तथा आमाबाट छुट्टिएर लामो दुरिको यात्रा गर्नुपर्दा मनमा खिन्नता पैदा हुँनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रि गर्दा ख्याल गर्नुहोला अनाबस्यक झन्झट बेहोर्नु पर्नेछ । अरुको भर पर्दा समयमा आफ्नो काम थाति रहन सक्छ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यापार व्यावसायमा लगानि गर्न पर्ख र हेरको रणनिति अपनाउँनु होला । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ ।
सिहं९मा,मी,मू,मे,मो,टा,टी,टू,टे० दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुँनेछ । छोटो यात्रा हुँने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले आज मुद्दा मामिलामा सामेल नहुँनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुँन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्ख हेरको रणनिति अपनाउँनु पर्नेछ ।
कन्या९टो,पा,पी,पु,ष,ण,ठ,पे,पो० शुभ मांगलिक सभा समारोह तथा वनभोज जस्ता कार्यक्रममा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । व्यावसायमा प्रशस्त नाफा कमाउँन सकिने हुँनाले दैनिकि फेरिनेछ । प्रेम प्रसङगमा रमाउँन चाहनेहरुका लागि दिनले साथ दिईने हुँनाले आफुले मन परेको प्रिय पात्रलाई आफ्नै मन मुटुमा राख्न पाउँदा मन प्रशन्न हुँनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै बोलेर मनग्ने आम्दानि गर्न सकिनेछ ।
तुला९रा,री,रु,रे,रो,ता,ती,तू,ते० बिशिष्ट ब्याक्तिहरुको भेटघाटले नयाँ योजनाहरु बनाउँन सहयोग पुग्नेछ । रोकिएर बसेका तथा पुराना कामहरु हल भएर जाने योग रहेकोछ । बिलाशि तथा सुन्दर बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि समय उत्तम रहेकोछ ।
बृश्चिक ९तो,ना,नी,नू,ने,नो,या,यी,यू० अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समााचारले मन दुखित तुल्याउँनेछ । अन्य काममा ब्यास्त रहनाले पढाई लेखाईमा समय दिन सकिने छैन ।
धनु९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे० प्राकृतिक स्रोत तथा साथनको कारोबारबाट मनग्गे आम्दानि हुनेछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । दाजुभाई तथा आफन्तबाट भनेजस्ते सहयोग प्राप्त हुँनाले काम गर्न थप सहज हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिचको सम्बन्ध झन कसिलो भएर जानेछ । अध्यानमा प्रगति गर्न सकिने हुँनाले गुरुवर्गहरु खुसि हुँनेछन् । सरकारि धन तथा पैतृक धन सम्पति हात लाग्ने योग रहेकोछ ।
मकर९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी० आफ्नो भन्दापनि अरुकै कामको लागि दिनभर ब्यस्त रहदा आफ्नो काम थाति रहनेछ । नोकरिमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुँदा मानशिक तनाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । माया प्रेममामा आफ्नो मायालुसँग मनमुटाब बढ्नेछ ।
कुम्भ९गू,गे,गो,सा,सी,सू,से,सो,दा० लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रका भनेजस्तो नतिजा हात लाग्ने हुँनाले मन प्रशन्न हुँनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुँने योग रहेकोछ । धर्म तथा सस्कृतिको बचाउँमा समय खर्चनु पर्ने हुँन सक्छ । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । समाजसेवामा मन जाने तथा मान सम्मानमा बृद्धि हुँने योग रहेकोछ ।
मीन९दी,दू,थ,झ,ञ,दे,दो,चा,ची० कामहरु समयमा सम्पन्न नहुँने तथा आलोचकहरु बढ्नेछन् । पढाई लेखाई तपाई आफ्नै कारणले फितलो रहनेछ । पहिलेनै फत्ते भईसकेका कामहरु पुनह दोहेरिने हुँदा मानशिक तनाव बढ्नेछ । सानातिना घरेलु समस्याले सताउँनेछ भने आफन्त तथा दिदिबहिनिहरु सँग घरायसि बिषयमा मनमुटाव सिर्जना हुँनेछ । माया प्रेममा धोका अबिश्वास बढ्ने हुँनाले प्रेम गर्ने जोडिहरु आज नभेट्दानै राम्रो रहेकोछ ।



शुक्रबार ०३, जेठ २०७६ ०४:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.