पहिलो पटक प्रधानमन्त्री, सभामुखसहित देउवा र ओली छलफलमा

युग संवाददाता     170 पटक पढिएको    

पहिलो पटक प्रधानमन्त्री, सभामुखसहित देउवा र ओली छलफलमा

 

काठमाडौं / सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा शनिबार भएको भेटमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् ।

सभामुख घिमिरेले आयोजना गरेको छलफलमा संसद् संचालनका विषयमा प्रधानमन्त्रीसँगै संसद्को पहिलो दल कांग्रेस र प्रमुख प्रतिपक्षी दलका नेता ओलीबीच छलफल भएको हो । 

संसद्मा दर्ता गरिएका विधेयक कसरी अगाडि बढाउने लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।



आइतबार २६, चैत २०७९ ०२:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.