बढ्दै कोरोना संक्रमण, एकैदिन १८ जनामा संक्रमण पुष्टि

युग संवाददाता     236 पटक पढिएको    

बढ्दै कोरोना संक्रमण, एकैदिन १८ जनामा संक्रमण पुष्टि

 


धनगढी /  सुदूरपश्चिममा कोरोना संक्रमण दर बढ्दै जान थालेको छ। पछिल्लो २४ घण्टामा मात्रै प्रदेशमा १८ कोरोना संक्रमित थपिएका छन । ६९४ जनाको कोरोना परिक्षण गरिएकोमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।
एन्टिजेन बिधिबाट ६७७ नमूनाको कारोना परिक्षण गर्दा १० र पीसीआर बिधिबाट १७ नमूनाको कोरोना परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।प्रदेशमा सोमबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो सयम सीमानाबाट भित्रिनेमा कोरोना संक्रमण देखिन थालेको छ।
आज कोरोना संक्रमण पुष्टि भएका मध्ये ९ जना सीमामा गरिएको परिक्षणमा संक्रमित भेटिएका थिए ।स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकामा ६, जुलाघाट नाकामा २, दार्चुलाको पुलघाट नाकामा १ जनामा संक्रमण पुष्टि भएको थियो ।



बुधबार २२, चैत २०७९ ०४:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.