धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता  हुने

युग संवाददाता     153 पटक पढिएको    

धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता  हुने

 


धनगढी। नयाँ वर्षको अवसर पारेर सधैँ झैँ यो बर्षपनि धनगढी जेसिजले हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ । ‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका साथ धनगढी जेसिजले नवौँ संस्करणको हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

धनगढी जेसिजले आज पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त कुराको जानकारी गराएको हो। धनगढी जेसिजका अध्यक्ष मोहन ओझाले प्रतियोगिता वैशाख १ गते बिहान ७ बजे धनगढी रङ्गशालाबाट सुरु हुने बताए । उनले म्याराथन प्रतियोगितामा विभिन्न ४ विद्या समावेश गरिएको जानकारी दिए। म्याराथन प्रतियोगितामा खुला ९२१।१ किलोमिटर०, कर्पोरेट र सञ्चार९५ किलोमिटर०, ट्राई साइकल रेस ९५ किलोमिटर० र महिला ९५ किलोमिटर० गरि चार विद्या आयोजना गर्न लागेको प्रतियोगिताका संयोजक मनिष कुँवरले बताए।

म्याराथन प्रतियोगितामा खुला तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५५ हजार ५५५, ३३ हजार ३३३ र २२ हजार २२२ रुपैयाँ नगद प्राप्त गर्नेछन् । त्यस्तै कर्पोरेट र सञ्चार तर्फ ५ हजार ५५५, ३ हजार ३३३ र २ हजार २२२ रुपैयाँ पुरस्कार राखिएको संयोजक कुँवरले बताए । यसैगरी, ट्राई साइकल तर्फ सहभागी सबैलाई पुरस्कार दिइने बताउँदै संयोजक ओझाले महिलातर्फ विजयी हुनेले क्रमशः ५ हजार ५५५, ३हजार ३३३ र २ हजार २२२ रुपैयाँ पुरस्कार दिइने बताए।



मङ्गलबार १४, चैत २०७९ १०:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.