साँफेबगर नगरपालिकाले आफ्नै नगर प्रहरी राख्ने

युग संवाददाता     175 पटक पढिएको    

साँफेबगर नगरपालिकाले आफ्नै नगर प्रहरी राख्ने

 

अछाम । अछामको साँफेबगर नगरपालिकाले नगर–प्रहरी राख्ने भएको छ। नेपालको संविधान, २०७२ को अनुसूची ८ ले स्थानीय तहलाई नगर प्रहरी स्थापनाका लागि एकल अधिकार दिएको छ । नगर–प्रहरी राख्नको लागि नगर सभाको १० औं अधिवेशनबाट नगर प्रहरी सम्बन्धमा व्यवस्थापन गर्न वनेको विधेयक(२०७९ पारित गरिएकोे छ ।


नगरपालिकाभित्र कानूनको शासन स्थापित गर्दै नागरिकहरुलाई न्याय, सुरक्षा तथा व्यवस्थाको प्रत्याभूति गर्न, बजार क्षेत्रको प्रभावकारी व्यवस्थापन गर्नको लागि नगर प्रहरी राखिने नगर प्रमुख राजेन्द्र कुँवरले जानकारी दिए । यस्तै नगर क्षेत्रभित्रका प्राकृतिक तथा सांस्कृतिक स्रोत र सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न तथा जुनसुकै बेला आउन सक्ने विपद् र अन्य आकस्मिक घटनाहरुको तत्काल सम्बोधन र समन्वय गरी नागरिकको जीउधनको सुरक्षा गर्दै नगरभित्र सुव्यवस्था कायम गरी नगरवासीलाई स्थानीय सरकारको अनुभूति प्रदानमा पनि मद्दत पुग्ने उनको भनाई छ ।

उनले आगामी आर्थिक वर्षमा नगर प्रहरी राख्नको लागि बजेटको व्यवस्था गरिने बताए । नगरपालिकाको सम्पत्ति र सम्पदाको संरक्षण गर्ने, नगरपालिकाबाट आयोजित सभा समारोह, परम्परा, जात्रा, चाडपर्व, आदि व्यवस्थापनमा सहयोग पु¥याउने, नगर बजार, सडक ,पार्किंङ्ग स्थल व्यवस्थापनमा सहयोग पु¥याउने, न्यायिक समितिले गरेका आदेश फैसला कार्यान्वयनमा नगर प्रहरीले सहयोग पु¥याउने नगर उपप्रमुख शिवबहादुर कुँवरको भनाई छ । उनले कति जना नगर प्रहरी राख्ने र सेवा सुविधा कस्तो हुने भनेर चाँडै कार्यविधि निर्माण गरिने बताए ।



शनिबार २७, फागुन २०७९ ०९:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.