कैलाली उद्योग बाणिज्य संघद्धारा  प्रहरी प्रमुख पाललाई स्वागत

युग संवाददाता     189 पटक पढिएको    

कैलाली उद्योग बाणिज्य संघद्धारा  प्रहरी प्रमुख पाललाई स्वागत

धनगढी पुस १७ /  कैलाली उद्योग बाणिज्य संघले भर्खरै सरूवा भएर कैलाली आएका जिल्ला  प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख दिपेन्द्र  पाललाई स्वागत  गरेको छ । कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्प राज कुँवरको अध्यक्षतामा र बरिस्ठ उपाध्यक्ष पुस्कर ओझाले स्वागत र महासचिव ओम बिष्टले संचालन गरेको थियो ।  कैलाली जिल्लामा सरूवा भई आउने सरकारी अधिकारीहरूलाई कैलाली उद्योग बाणिज्य संघको नियमित कार्यक्रम अनुसार स्वागत तथा सम्मान गर्ने गरेको छ । 
स्वागत कार्यक्रममा पत्रकार महासंघ  कैलाली अध्यक्ष हिमाल जोशिले समाज हरेक किसमका घटना घट्ने र घटनाको सहि अनुसन्धान सत्य तथ्य बाहिर नआउने आम नागरिकको गुनासो रहेको छ उनले भने , तपाईंको कार्यकालमा आम नागरिक महशुस हुनेगरी अनुसन्धानाई विश्वास गर्ने बाताबरण बनाएर कामगर्ने अनुरोध गरेका छन् । त्यसैगरी कैलाली उद्योग वाणिज्य संघका कानुनी सल्लाहकार वीर बहादुर जेठाराले न्यायमा पहुँच पुर्‍याउन  प्रहरी कार्यालयबाट सुरूवात गरे आम नागरिकमा प्रहरी प्रतिको घटेको विश्वास बढ्ने उनले बताए  । खुला सिमानाका कारणले गर्दा  शान्तिपूर्ण सुरक्षामा चुनौति रहेको र लागू औषधको विगविगी रहेको र तस्करीमा नियन्त्रण गर्ने चुनौती रहेको उनले बताए । अनुसन्धान गर्ने टिम विज्ञता चाहिने  सबैको सहयोगका लागि आग्रह गरे।



मङ्गलबार १९, पुष २०७९ १२:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.