सुदूरपश्चिमको नेता छान्न कांग्रेस बैठक जारी, ७जनाको दाबी

युग संवाददाता     185 पटक पढिएको    

सुदूरपश्चिमको नेता छान्न कांग्रेस बैठक जारी, ७जनाको दाबी

 

धनगढी पुस १९ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता चयन गर्ने विषयमा प्रदेश कार्यालयमा छलफल भइरहेको छ । दलको नेता बन्नका लागि ७ जनाले दाबी गरेको सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाहले बताए । 

सर्वसम्मत गर्नका लागि सहमति हुन नसकेकाले सहमतिका लागि ७ जनाले दाबी गरेकाले आपसमा सहमति गर्न एकदिनको समय दिएको महामन्त्री शाहले बताए  । 

दलको नेता छान्न सहमति नभए बुधवार नै चुनावी प्रकृयामा गई टुंगो लगाउने उनले बताए  । प्रदेश सभा संसदीय दलको नेता बन्न प्रदेश महामन्त्री मेघराज खड्का ,  प्रकाश देउवा बहादुर थापा, दिवान सिं बिष्ट, मानबहादुर रावल, शिवराज भट्ट,  र कमल शाहले पनि दाबी गरेका छन् ।



मङ्गलबार १९, पुष २०७९ १२:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.