एकीकृत समाजवादी अध्यक्ष नेपालले भने, हामी सत्तागठबन्धनमा सामेल हुँदैनौँ

युग संवाददाता     201 पटक पढिएको    

एकीकृत समाजवादी अध्यक्ष नेपालले भने, हामी सत्तागठबन्धनमा सामेल हुँदैनौँ

 


काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सामेल नहुने स्पष्ट पारेका छन् । सोमबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले वर्तमान सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादी सामेल नहुने बताएका हुन्।

बैठकमा उनले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसैसामु लत्रने पक्षमा नरहेको दाबी गरे। ‘देशको राजनीतिक आफ्नै जटिलता छन्। हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन। कुनै पनि शक्तिको पछि लाग्दैन। हामी आफ्नो देश अघि बढाउन चाहन्छौं। हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहन्छौं,’ नेपालले भने।

मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे वस्तुनिष्ठ समीक्षा गरेर आफूहरु अघि बढ्ने तर आरोपप्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ थियो । अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी भित्रै रहेर ती समस्या समाधान गरेर अघि बढने आफूहरुको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले भने, ‘देशको राजनीतिक आफ्नै जटिलताहरु छन। हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनै पनि शक्तिको पछि लाग्दैन। हामी आफ्नो देश अघि बढाउन चाहन्छौं । हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं।

नेपाली जनताको भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं। त्यसो हुनाले यिनै सोच र मान्यताको आधारमा हामी अगाडि बढनेछौं । संसदको चुनावभन्दा पहिले २०७७ साल पुस ५ गतेको दिनमा प्रतिनिधिसभाको विघटन भयो । त्यसपछि नेपालको राजनीतिले नाटकीय रुप लियो । त्यस भन्दा पहिले नेकपा एमाले भित्र अन्तर संघर्ष चलिरहेको थियो। त्यो अन्तरसंघर्षलाई त्यही भित्र बसेर हल गर्ने हाम्रो चाहना थियो । तर त्यो हुन सकेन । किन भएन रु त्यसको हामी पछि समिक्षा गरौंला। यो आरोप प्रत्यारोप गर्ने बेला पनि होइन। कसैसामू लत्रिनु परेको पनि छैन। हामीले ठिक गरेको छौं। दृढताका साथ उभिएका छौं।

एकले अर्कालाई आरोपप्रत्यारोप गरेर केही पार लाग्नेवाला छैन । त्यसैले हामी सबै कुराको बस्तुनिष्ठ समिक्षा गर्दै अघि बढन तयार छौं । तथ्य देखाऔं, प्रमाणित गरौं । त्रुटी छन भने हामी सच्चिन तयार छौं । पानी माथिको ओभानो बन्ने काम कसैले पनि नगरे हुन्छ । तपाईँहरुलाई थाहा छ–राष्ट्रिय राजनीति अगाडि बढ्यो । प्रतिनिधिसभा विघटनलाई हामीले प्रतिगामी कदमको रुपमा आलोचना ग¥यौं । विरोध ग¥यौ ।’ अध्यक्ष नेपालले आफूहरुबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै कसैलाई पनि पानी माथिको ओभानो बन्ने प्रयास नगर्न पनि चेतावनी दिए । आजबाट सुरु भएको बैठकमा नेताहरुले सरकारमा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्ने एजेण्डा समेत तय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।नेपालले तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरुको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका थिए ।दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले एकीकृत समाजवादी सरकारमा जान नहुने धारणा राखेका थिए ।



सोमबार १८, पुष २०७९ ११:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.