माओवादी संसदीय दलको नेता छनोटको बैठक निष्कर्षविहीन

युग संवाददाता     183 पटक पढिएको    

माओवादी संसदीय दलको नेता छनोटको बैठक निष्कर्षविहीन

धनगढी पुस १६ / सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र संसदीय दलको बैठक छनोट गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ। आज दिउँसो २ बजे देखी संसदीय दलको कार्यालयमा बसेको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन ।


संसदीय दलको नेतामा दुई जना आकांक्षी देखिएका स्थायी कमिटि सदस्य तथा सुदूरपश्चिम ईन्चार्ज खगराज भट्ट र केन्द्रीय सदस्य ओम बिक्रम भाट सरलबीच सहमती नजुटेपछि कुनै निर्णय हुन नसकेको एक सांसदले बताए । आज बिहान प्रदेश कमिटी तथा केन्द्रीय सदस्यहरूको बैठकले सर्वसम्मत रुपमा दलको नेता छनोट गर्ने म्यान्डेट दिएको थियो। प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य भट्ट र केन्द्रीय सदस्य भाट दुवैले अन्तिम समय सम्म दाबी कायमै राखेपछि आज सहमति हुन सकेन्।

करीब ३ घण्टा सम्म चलेको बैठक अन्तिम सम्म पनि सहमति हुन सकेन। भोली बिहान ९ बजे पुन बैठक बस्ने र सहमति गर्ने प्रदेश इन्चार्ज भट्टले जानकारी दिए। भट्टले सहमतीकै आधारमा दलको नेता चयन गरिने दाबी गरेका छन्।सांसदहरुले आपसमा सहमती गर्न दुवै जनालाई वान टु वान वार्ता गर्न पनि समय दिएका थिए तर अन्तिम समय सम्म पनि उनीहरुबीच सहमती नजुटेको हो। शनिबार बसेको माओवादीको प्रदेश पदाधिकारीको बैठकले पार्टीको वरियताक्रमअनुसार खगराज भट्टलाई दलको नेता चयन गर्न उपयुक्त हुने निर्णयसहितको सुझाव दिएको थियो। तर संसदीय दलमा उनलाई चुनौती दिइरहेका भाटले भने आफ्नो पनि उचित व्यवस्थापन हुनुपर्ने अडान लिएका कारण कुरा नमिलेको एक सांसदले जनाए। माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभामा ११ सांसदसहित दोस्रो दल बनेको छ।सुदूरपश्चिम प्रदेशमा माओवादीका ११ सांसद छन्।



शनिबार १६, पुष २०७९ ०२:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.