बिहीबार, बिहीबारको दिनमा पाथिभरामाईको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ जेठ २ गते बिहीबारको राशिफल पढ्नुहोस् ।

Yugnepal     857 पटक पढिएको    

बिहीबार, बिहीबारको दिनमा पाथिभरामाईको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ जेठ २ गते बिहीबारको राशिफल पढ्नुहोस् ।

बिहीबार, बिहीबारको दिनमा पाथिभरामाईको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ जेठ २ गते बिहीबारको राशिफल पढ्नुहोस् ।

वि।सं।२०७६ साल ज्येष्ठ ०२ गते । बिहीबार । ईश्वी सन् २०१९ मे १६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष । तिथि द्वादशी,०५ घडी ३५ पला,बिहान ०७ बजेर ३१ मिनट उप्रान्त त्रयोदशी । नक्षत्र चित्रा,५७ घडी ०७ पला । योग सिद्धि,३७ घडी ४२ पला,बेलुकी ०८ बजेर २२ मिनेट उप्रान्त व्यातिपात । करण वालव,बिहान ०७ बजेर ३१ मिनेट उप्रान्त कौलव,बेलुकी ०६ बजेर ३३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा चर योग । चन्द्रराशि कन्या,बेलुकी ०४ बजेर ३९मिनेट उप्रान्त तुला  ।  कोका–कौशिकी संगममा मत्स्यदर्शन गर्ने सांस्कृतिक दिवस। काठमाडौंमा सूर्योदय ०५ बजेर १७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४५ मिनेट । दिनमान ३३ घडी ४१ पला ।
मेष ९चू,चे,चो,ला,लि,लू,ले,लो,अ०
समय राम्रो रहेकोले व्यापार व्यावासायमा लगानि गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । रोजगारको खोजिमा हुनेहरुले काम पाउन तथा नोकरिमा पदोन्नतीको योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने माता पिताको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । माया प्रेममा नजिक हुने तथा अध्ययनमा सुधार भएर जानेछ ।
बृष९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा०
बिशिष्ट तथा उच्च पदश्थ ब्यात्तिहरुको संगतले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सफल होईनेछ । तपाईको बौद्धिक क्षमतालाई सबैले सम्मान गर्ने तथा अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । अध्ययन तथा अनुशन्धानमा समय दिनेहरुले सफलताका सिडिहरु चुम्नेछन् । धार्मिक अनुष्ठान तथा मन्दिरतिरको यात्रा तय गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । प्रम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।


मिथुन९का,की,कू,घ,ङ,छ,के,को,हा०
बिभिन्न समस्याहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ भने यहि बेलामा आफन्त तथा शुभचिन्तकहरु टाडिनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिदा पनि भनेजस्तो नतिजा हातलागि नहुँदा काम गर्ने जोस जागर हराएर जानेछ । बाहिरि वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । प्रेम प्रशङगमा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुने हुनालेसम्यम भई अगाडि बढ्नुहोला ।
कर्कट९ही,हू,हे,हो,डा,डी,डु,डे,डो०
व्यापारको शिलशिलामा लामो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने व्यावसायमा लगानि गरि प्रशस्त नाफा कमाउँन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् भने मनग्गे भन लाभ हुनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा बिश्वासको बाताबरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ ।
सिहं९मा,मी,मू,मे,मो,टा,टी,टू,टे०
माया प्रेमको गाठो कसिलो हुँनुको साथै दाम्पत्य जीवन सुमधुर रहनेछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । व्यापार व्याबसायबाट भनेजस्तो आम्दानि जीवन यापन सहज मार्गमा अगाडि बढ्नेछ ।
कन्या९टो,पा,पी,पु,ष,ण,ठ,पे,पा०
शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टाएर जानेछ भने अध्ययनमा प्रगति हुँनुका साथै आफ्नो ज्ञान प्रयोग गरि नयाँ काम गर्न सकिनेछ । क्षमता प्रयोग गरि स्वरोजगार बन्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्ध पुनह रुचारु हुने अधिक सम्भावना रहेकोछ । आय आर्जनका नयाँ स्रोत थपिनेछन् भने पनग्गे धन संग्रह गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा रमाउँने समय रहेको तथा बंश बृद्धिको योग रहेकोछ ।
तुला९रा,री,रु,रे,रो,ता,ती,तू,ते०
राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ भने आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । आफन्तहरु टाडिने तथा पति पत्निबिच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।
बृश्चिक ९तो,ना,नी,नू,ने,नो,या,यी,यू०
व्यापार व्यावसायमा थोरै समय दिदापनि मनग्गे आम्दानि गर्न सकिनेछ । बिबादित बिषयहरु ह्ल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । अध्ययन अध्यापनमा मन जाने हुनालेअरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिस सँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउँन सकिनेछ ।
धनु९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे०
मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेम प्रसङमा आफुले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसि हुनेछ भने पति पत्निबिच मायाको डोरे कसिलो भएर जानेछ । फेसेनेवल तथा बिलाशि सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनालेनतिजा तपाईकै पोल्टोमा पर्नेछ ।
मकर९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी०
समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुने हुनालेमान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो नतिजा हात लाग्ने हुनालेमन प्रशन्न रहनेछ । स्वास्थ्य सबल हुने हुनालेकाम गर्न आट आउँनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न सकिनेछ ।
कुम्भ९गू,गे,गो,सा,सी,सू,से,सो,दा०
बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसाय भने फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानिबाट घाटा हुँन सक्छ ध्यान दिनुहोला । बैदेशिक यात्राको प्रवल सम्भावना रहेको छ । बिद्यामा सफलता पाउँन निकै नै संघर्ष गर्नु पर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । माया प्रेममा धोका हुन सक्क सजग रहनु होला । मान सम्मान तथा इज्जत प्रतिष्ठा जोगाउन मुस्किल पर्नेछ ।
मीन९दी,दू,थ,झ,ञ,दे,दो,चा,ची०
व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले बिवाहरुपि निकास पाउँने योग रहेकोछ । अध्यनमा प्रगति हुनेछ भने बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ ।
तपाईको दिन शुभ रहोस् ।



बिहिबार ०२, जेठ २०७६ ०५:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.