ट्याक्टरले च्यापिएर चालकको मृत्यु

युग संवाददाता     159 पटक पढिएको    

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

 

धनगढी पुस १४ / कैलालीमा ट्याक्टरको टायरले च्यापिएर एक जना मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका ५ मा ट्याक्टरको टायरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको हो।


गौरीगंगा नगरपालिका–५ मा बुधबार बेलुकी ट्याक्टरको टायरले च्यापिएर चालक वडा नम्बर ४ का २२ वर्षीय गणेश चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार बेलुकी पौने ८ बजे फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा चौधरीलाई बिचको टायरले च्यापेको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



बिहिबार १४, पुष २०७९ ०६:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.