सत्ता साझेदार दलको बैठक सकियो, ओली संयोजक

युग संवाददाता     169 पटक पढिएको    

सत्ता साझेदार दलको बैठक सकियो, ओली संयोजक

 

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सत्ता साझेदार दलको बैठक सकिएको छ ।  बैठकले सत्ता साझेदार दलको संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोकेको छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायतका नेताको सहभागी थिए ।

सत्ता गठबन्धनको बैठकमा सत्ता बाँडफाँड बो छलफल र संयोजकमा एमाले अध्यक्ष ओलीलाई तोकिएको सरकारका प्रवक्ता समेत रहेका लामिछानेले बताए ।

सत्ता साझेदार दलले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रमको खाका तयार गर्नेछ । त्यसको संयोजकमा ओली रहेका हुन् । 

प्रचण्ड सरकारलाई सात दलहरूको समर्थन रहेको छ ।



बिहिबार १४, पुष २०७९ ०६:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.