देउवाले छोडे बालुवाटार, प्रचण्डलाई खुल्यो बाटो

युग संवाददाता     156 पटक पढिएको    

देउवाले छोडे बालुवाटार, प्रचण्डलाई खुल्यो बाटो


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको चार दिनपछि देउवाले बालुवाटार छोडेका हुन् । 

आइतबार प्रचण्डलाई राष्ट्रपतिले नियुक्ति गरेकी थिइन् भने सोमबार प्रचण्डले शपथ खाएका थिए । त्यसपछि पनि प्रधानमन्त्री प्रचण्ड खुमलटार बस्दै आएका थिए । 

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार बाहिर सर्ने ठाउँ नपाएपछि प्रचण्डले बालुवाटारमा प्रवेश पाएका थिएनन् । 

यसअघि प्रचण्डको शपथ अघि नै बालुवाटार छोड्ने तयारी गरेका देउवा सर्नका लागि घर नपाउँदा बालुवाटारमै बसेका थिए । 

बुढानीलकण्ठमा रहेको देउवा निवास निर्माणाधीन अवस्थामा रहेकाले केही समय उनी धुम्बाराहीस्थित एक निजी घरमा भाडामा बस्ने बताइएको छ ।

योसँगै बालुवाटार प्रवेश गर्न प्रचण्डलाई बाटो खुलेको छ । 



बुधबार १३, पुष २०७९ १०:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.