शितल निवासबाट राष्ट्रपति बाहिर निस्कदा सडकमा जनताको भागाभाग  गगन थापा

Yugnepal     834 पटक पढिएको    

शितल निवासबाट राष्ट्रपति बाहिर निस्कदा सडकमा जनताको भागाभाग  गगन थापा

शितल निवासबाट राष्ट्रपति बाहिर निस्कदा सडकमा जनताको भागाभाग  गगन थापा
 कांग्रेस कमजोर भएको होइन, जिम्मेवार भएको हो


जाजरकोट । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाली कांग्रेस कमजोर नभइ जिम्मेवार भएको वताएका छन् । कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत वुधवार जाजरकोटको छेडागाड नगरपालिकाको थलह वजारमा आयोजित आम सभालाइ सम्वोधन गर्ने  नेता थापाले कांग्रेस राजनैतिक मुल्य मान्यता प्रति जिम्मेवार भएको वताए ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले भने, ुसंसदमा थोरै संख्या भयो भनेर सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०  र अरुले आफ्नो पार्टीलाइ कमजोर भनेर आलोचना गर्ने गरेकका छन् । कांग्रेस कमजोर भएको हैन गणतन्त्र, संविधान कार्यान्वयन र राजनैतिक मुल्य मान्यता प्रति जिम्मेवार भएको हो ।ु

जनताको त्याग वलिदान र संघर्षले प्राप्त गरेको गणतन्त्रको सँस्थागत विकास र लोकतान्त्रिक मुल्य मान्यताको रक्षाका लागि संख्या जे सुकै भएपनि कांग्रेस जिम्मेवार प्रतिपक्षको सशक्त भुमिकामा रहेको थापाले प्रष्ट पारे ।

कांग्रेसका प्रभावशाली नेता थापाले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सील विद्येयक प्रेस स्वतन्त्रता विरोधी भएको र यसका विरुद्ध सारा पत्रकार, जनता र लोकतन्त्रका पक्षधरहरु जाग्नु पर्ने वताए ।

 उनले भने,  प्रधानमन्त्रीले दुनियालाइ जिस्काउन मिल्ने तर एउटा नागरिक र पत्रकारले उनको गलत कामको विरोधमा लेख्न र वोल्न नपाउने व्यवस्था लोकतान्त्रिक होइन । दुई तिहाइको दम्भमा सरकार निरंकुश र अलोकतान्त्रिक हर्कत देखाउन उद्दत रहेको छ ।ु

नेपाली कांग्रेस जाजरकोट क्षेत्र नम्वर २ को क्षेत्रिय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले जनताको प्रतिनिधिको रुपमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीका केहि कामहरुले गणतन्त्र प्रति नै जनताले नकरात्मक धारणा वनाउन थालेको वताए ।

उनले भने,  शितल निवासबाट राष्ट्रपति बाहिर निस्कदा सडकमा जनताको भागाभाग हुनुले गणतान्त्रिक शासन व्यवस्था प्रति नै जनतामा आक्रोस पैदा गराउन थालेको छ ।

साथै थापाले कन्चनपुरमा वलत्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका वुवा आमालाइ यो सरकारले न्याय दिन नसकेको बताए ।



बिहिबार ०२, जेठ २०७६ ०४:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.