धनगढीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको शुभारम्भ

युग संवाददाता     604 पटक पढिएको    

धनगढीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको शुभारम्भ

धनगढी  ।  धनगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको कैलालीमा सुरु भएको छ । शुक्रबार धनगढीमा कार्यक्रम गरेर अभियानको सुरुवात गरिएको हो ।

महिला मानव अधिकार रक्षक सञ्जाल, ओरेक र दलित महिला अधिकार मञ्चको आयोजना सुरु भएको सो अभियान आज बाट सुरु भएको हो । ‘सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथ ३१ औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान  सुरु भएको हो ।  अभियान शुभारम्भ कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा समेत ¥यालीसहित कार्यक्रमको आयोजना गरिएको थियो ।

लैङ्गिक हिंसा अन्त्यको प्रयास स्वरूप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सुरुवात गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो । हरेक वर्ष अग्रेजी महिनाको नोभेम्बर २५ अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसबाट सुरु  गरी डिसेम्बर १० अन्तर्राष्ट्रिय मानवअधिकार दिवस सम्म अभियान सञ्चालन गरिन्छ ।कैलालीमा ¥याली, अन्तरक्रिया विझिन्न पालिकामा वक्तृत्वकला लगायतको कार्यक्रम गरेर महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिने दलित महिला अधिकार मञ्चका निर्देशक सावित्रा घिमिरेले बताइन ।

उनले पितृसत्तात्मक सोंचका कारण महिला हिंसाको घटनामा कमी नआएको बताइन । ‘अहिले पनि महिलालाई हाम्रो समाजले दोस्रो दर्जाको रुपमा हेर्ने चलन छ’, उनले भनिन्,‘लैंगिक हिंसा रोक्न सोंचमा परिवर्तन आवश्यक छ ।’

No description available.No description available.



शुक्रबार ०९, मङि्सर २०७९ ०२:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal