भक्तपुर–२ मा महेश बस्नेत दुर्लभको पछाडि

युग संवाददाता     163 पटक पढिएको    

भक्तपुर–२ मा महेश बस्नेत दुर्लभको पछाडि

भक्तपुर  । भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मत परिणामअनुसार थापाले ९ हजार ९ सय २५ मत प्राप्त गरेका छन् । उनले निकतम प्रतिस्पर्धी नेकपा (एमाले) का महेश बस्नेतलाई ९ सय ६३ मतले अग्रता लिएका हुन् ।

पछिल्लो मत परिणामअनुसार एमालेका बस्नेतले ९ हजार २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताए । त्यसैगरी नेमकिपाका अनुराधा थापामगर २ हजार सात सय ६३ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले १ हजार ८ सय १७ मतका साथ चौथो र राप्रपाका मोहन केसी १ हजार ६५ मतका साथ पाँचौं स्थानमा छन् ।

भक्तपुर २ मा ९१ हजार नौ सय ११ मतमध्ये ६५ हजार नौ सय १९ मत खसेको थियो । सो मध्ये २५ हजार पाँच सय ७२ मत गणना भएको छ । हालसम्म आठ सय २५ मत बदर भएको निर्वाचन अधिकृत पराजुलीले बताए ।



मङ्गलबार ०६, मङि्सर २०७९ ०३:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.