गठबन्धनको जित सुनिश्चित छ  प्रदेश सभा उम्मेदवार देउवा

युग संवाददाता     195 पटक पढिएको    

गठबन्धनको जित सुनिश्चित छ  प्रदेश सभा उम्मेदवार देउवा

 

धनगढी, ३० कात्तिक स्कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ९ख० बाट प्रदेशसभा सदस्य उम्मेदवार प्रकाश वहादुर देउवाले गठबन्धनको जित सुनिश्चित रहेको बताएका छन् । बुधबार धनगढीमा युवाहरुसंग भएको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘धनगढीमा काँग्रेस त्यसै पनि बलियो भएको क्षेत्र हो’, उनले भने । ‘त्यसमाथि अहिले त पाँच दलीय गठबन्धन रहेको छ । जित सुनिश्चित छ ।’
मंसिर ४ गते हुने निर्वाचन मोहोल राम्रो भएको बताउँदै उनले धनगढीका सम्पूर्ण मतदाताहरुलाई आफ्नो मत जित्ने उम्मेदवारहरुलाई दिन आग्रह गरे ।

उनले नेकपा एमालेलाई उद्धृत गर्दै यस अघि प्रदेश र संघीय सरकार सञ्चालन गरेका दललाई मत दिएर आफ्नो मत खेर नफाल्न समेत आग्रह गरे । ‘यस अघि प्रदेश र संघीय सरकारको चलाई सकेका दलका उम्मेदवार र केहि स्वतन्त्रका नाममा मत हालेर आफ्नो मत हालेर खेर नफाल्नु होला’, उनले भने । ‘आफ्नो सहि रुपमा सदुपयोग गर्न आवश्यक छ ।’ धनगढीको विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन अपरिहार्य छ । ‘निर्वाचनमा सबैको योगदान रहेको हुन्छ’, उनले भने ‘कैलाली क्षेत्र नम्बर ५ प्रतिनिधि सभा उम्मेदवार र प्रदेश क र ख मा गठबन्धनका उम्मेदवारलाई मत दिन आवश्यक छ ।’ उनले कैलाली ५ सहित देशभर गठबन्धनका उम्मेदवारको जित हुने बताए ।



बुधबार ३०, कार्तिक २०७९ १२:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.