नाकाबन्दी सम्झदै कमल थापाले गरे ओलीको प्रशंसा

युग संवाददाता     118 पटक पढिएको    

नाकाबन्दी सम्झदै कमल थापाले गरे ओलीको प्रशंसा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका गरेका छन् ।

सामाजीक सञ्जाल ट्वीटरमार्फत भारतले लगाएको नाकाबन्दीको स्मरण गर्दै उनले थापाले गठबन्धन सरकारभन्दा ओली नेतृत्वको सरकार देश हितमा हुने दाबी गरेका छन् ।

‘कसैलाई तितो लाग्ला तर, भारतले नाकावन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरु भन्दा त्यसको विरुद्ध डटेर लडने, विदेशीले कव्जागरेको लिम्पियाधुरा विर्सने नेताहरु भन्दा चुच्चे नक्सा बनाउने केपी शर्मा ओली र विदेशीको प्रेरणामा बनेको गठवन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ,’ थापाले ट्वीटरमा लेखेका छन् ।

अध्यक्ष थापा मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले)को चुनाव चिन्ह लिई निर्वाचनको मैदानमा छन् ।



सोमबार २८, कार्तिक २०७९ ०६:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.