गण्डकीका ऊर्जामन्त्री आचार्य बर्खास्त

युग संवाददाता     204 पटक पढिएको    

गण्डकीका ऊर्जामन्त्री आचार्य बर्खास्त

गण्डकी । गण्डकी प्रदेश सरकारका ऊर्जामन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका छन् । मंगलबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले आचार्यलाई मन्त्रीबाट बर्खास्त गरेको सूचना निकालेका छन् ।

आचार्यले समाल्दै आएको ऊर्जा, सिंचाइ, जलस्रोत तथा खानेपानी मन्त्रालय मुख्यमन्त्री पोखरेल आफैंले समहाल्ने गरि हटाएका हुन्  ।  आचार्यले गोरखामा एमाले उम्मेदवारलाई सहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले बर्खास्त  गरेका हुन् । आचार्यले पछिल्लो समय एमाले उम्मेदवारलाई मत माग्दै हिँडेको आरोप छ ।

आचार्य २०७४ सालको निर्वाचनमा  नयाँ शक्ति पार्टीबाट  गण्डकी प्रदेशसभा सदस्य पदमा विजयी भएका थिए । आचार्यलाई हटाउन मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखसमक्ष मंगलबार नै सिफारिसपत्र लेखेका थिए ।

यसअघि आचार्यले नेपाल समाजवादीका उम्मेदवार फडिन्द्र देवकोटाविरुद्ध बागी उम्मेदवारी दिएर पछि फिर्ता लिएका थिए । बागी फिर्ता लिएपनि एमालेसँग मिलेर भोट काट्ने योजना बनाएपछि उनलाई बर्खास्त गरिएको एक मन्त्रीले बताए । 



मङ्गलबार २२, कार्तिक २०७९ ०३:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.