एकीकृत समाजवादीद्वारा ५ नेतालाई कारबाहीको घोषणा

युग संवाददाता     145 पटक पढिएको    

एकीकृत समाजवादीद्वारा ५ नेतालाई कारबाहीको घोषणा

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुलाई निष्काशनको घोषणा गरेको छ ।

पार्टी महासचिव डा.वेदुराम भुसालले सोमबार जारी गरेको विज्ञप्तिमा नेताहरु देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको उल्लेख छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीलाई विजयी गराउन होकिएको अवस्थामा जुम्ला जिम्ला र कर्णाली प्रदेश कमिटीको विभिन्न जिम्मेदवारीमा रहेका उनीहरुले पार्टीविरोधी शक्तिहरुसँग साँठगाँठ गर्दै पार्टीका विरुद्ध षड्यन्त्रमा संलग्न रहेकाले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको भुसालको भनाइ छ । 

उनीहरुलाई पार्टी विधानको कारा ६४ (क), १, २, ३, ४, ५, ६ र ११ बमोजिम निष्काशन गरिएको हो । साथै जुम्ला जिल्ला पार्टीको सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिका सदस्य तीर्थबहादुर बुढालाई प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।



सोमबार २१, कार्तिक २०७९ ०८:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.