आज आईतबार, आइतबारको दिनमा कालिन्चोक भगवतीको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ बैशाख २९ गतेको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।जय कालिन्चोक)भगवती ।।

Yugnepal     930 पटक पढिएको    

आज आईतबार, आइतबारको दिनमा कालिन्चोक भगवतीको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ बैशाख २९ गतेको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।जय कालिन्चोक)भगवती ।।

आज आईतबार, आइतबारको दिनमा कालिन्चोक भगवतीको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ बैशाख २९ गतेको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।जय कालिन्चोक)भगवती ।।

वि।सं।२०७६ साल वैशाख २९ गते । आईतबार । ईश्वी सन् २०१९ मे १२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष । तिथि अष्टमी,२८ घडी ४९ पला,बेलुकी ०४ बजेर ५१ मिनट उप्रान्त नवमी । नक्षत्र अश्लेषा,१५ घडी २८ पला,बिहान ११ बजेर ३० मिनेट उप्रान्त मघा । योग वृद्धि,१४ घडी १६ पला,बिहान ११ बजेर ०१ मिनेट उप्रान्त ध्रुव । करण भद्रा,बिहान ०६ बजेर ०४ मिनेट उप्रान्त बव,बेलुकी ०४ बजेर ५१ मिनेट उप्रान्त वालव । आनन्दादिमा वज्र योग । चन्द्रराशि कर्कट,बिहान ११ बजेर ३० मिनेट उप्रान्त सिंह । अष्टमीव्रत । गोरखकालीपूजा । श्रीपशुपतिनाथमा दमनार्पण । काठमाडौंमा सूर्योदय ०५ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४३ मिनेट । दिनमान ३३ घडी २९ पला ।
मेष९चू,चे,चो,ला,लि,लू,ले,लो,अ० बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन सकिनेछ । बिहानको समय मध्ययम रहेकोले माया प्रेममा मनमुटाब सिर्जना हुनेछ ।
बृष९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिनेछ । आमा तथा साथिभाई ईष्टमित्रबाट सहयोग हुँने हुँनाले मन खुसि हुँनेछ । बिद्यामा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । जग्गा खरिद बिक्रीबाट आम्दानि गर्न सकिनेछ । आफ्नो भन्दा अरुको काममा दिन बित्ने हुँदा साथिभाई खुसि रहनेछन् । सामाजिक काममा दिन बित्ने योग रहेको छ । साझपख घर छोडेर लामो दुरिको यात्रा हुनेछ ।
मिथुन ९का,की,कू,घ,ङ,छ,के,को,हा० दाजुभाई तथा आफन्तहरुबाट भनेजस्तो सहयोग प्राप्त हुँनेछ । छोटो दुरिको रमाईलो यात्राको तय हुँनेछ । पराक्रम बढेर जाने हुँनाले शाहशिलो काम गर्ने जागर आउँनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईकै नाम आउँनेछ । माया प्रेममा रमाउँने चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।
कर्कट ९ही,हू,हे,हो,डा,डी,डु,डे,डो० व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुँनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ ।
सिहं ९मा,मी,मू ,मे,मो,टा,टी,टू,टे०  सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । पढन पाढनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसाय खस्केर जाने हुँनाले आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ ।
कन्या ९टो,पा,पी,पू,ष,ण,ठ,पे,पो० पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न गाह्रो महशुष हुँनेछ भने उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोकाहुने तथा घर परिवारमा आफन्त सँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ ।
तुला ९रा,री,रु,रे,रो,ता,ती,तू,ते० पुराना तथा रोकिएर बसेका कामहरु सुचारु हुने तथा कामहरु महत्वपुर्ण कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारि धन सम्पति तथा पैत्रिक सम्पति हातलागि हुँने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुँनेको साथै ईच्छित मनोकामनाहरु पुरा हुँनेछन् । सुखदुखमा साथ दिने प्रसस्त भेटिने तथा चुनैतिका पहाडहरु चिर्दै अगाडि बढ्न सकिनेछ ।
बृश्चिक ९तो,ना,नी,नू,ने,नो,या,यी,यू० व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवार तथा आफन्तको साथ पाईने हुँनाले काम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुँने योग रहेको छ । समस्याहरुको समाधान गरि आम्दानिका स्रोत हरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँनेछ ।
धनु ९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे० धर्मकर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरहरुको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु बन्ने हुँनाले मन खुसि हुँनेछ । व्यावसायमा लगानि बढाएर भनेजस्तो नाफा कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुँनाले अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । बिहानको समयमा आत्मिय मित्र तथा आफन्सँग मनमुटाब सिर्जना हुनेछ ।
मकर ९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी० समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुँने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो नतिजा हात लाग्ने हुँनाले मन प्रशन्न रहनेछ । स्वास्थ्य सबल हुँने हुँनाले हरेक काम गर्न आट आउँनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले व्यापार व्यावसायमा मन्दि आउँनेछ ।
कुम्भ ९गू,गे,गो,सा,सी,सू,से,सो,दा० रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ ।
मीन ९दी, दु,थ,झ,ञ,दे,दो,चा,ची० स्वास्थले साथ दिनेहुँदा शाहसिलो काम गर्न सकिनेछ । व्यापार बिश्तार गरि प्रशस्त रुपैया पैसा कमाउँनेछ । नयाँ ठाउको भ्रमण गरि संगितको सुमधुर धुनमा रमाउँन सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ ।
यो राशीफल ज्योतिषी दुर्गा प्रसाद भण्डारीले काठमाडौबाट उपलब्ध गराउँनु भएको हो । चिना बनाउँन तथा कुण्डली बिश्लेषणका लागि ९८५११७८४५९ मा सम्पर्क गर्नुहोला । तपाईको दिन शुभ रहोस ।



आइतबार २९, बैशाख २०७६ ११:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.