बाजुरामा विद्युतको तार सर्ट हुँदा एक घरमा आगलागी

युग संवाददाता     172 पटक पढिएको    

बाजुरामा विद्युतको तार सर्ट हुँदा एक घरमा आगलागी

बाजुरा  । बाजुराको जिल्ला सदरमुकाम मार्तडीमा  एक घरमा आगलागी भएको छ। जिल्लाको  बडिमालिका नगरपालिका ८ थापाबाडाको एक संयुक्त घरमा आगलागी भएको हो।

आइतबार बिहान वीरबहादुर थापा र धौली थापाको संयुक्त घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। विद्युतको तार सर्ट भइ आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले बताएको छ। घटनामा मानविय क्षति नभएको र अन्य क्षतिको विवरण आउँन बाँकी रहेको छ। र उक्त आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको बताइएको छ। 



आइतबार २०, कार्तिक २०७९ ०६:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.