बझाङमा अरिङ्गालको टोकाइबाट वालकको मृत्यु

युग संवाददाता     131 पटक पढिएको    

बझाङमा अरिङ्गालको टोकाइबाट वालकको मृत्यु

धनगढी / बझाङमा अरिङ्गालको टोकाइबाट एक वालकको ज्यान गएको छ । जिल्लाको थलारा गाउँपालिका–८ विस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांश जोशीको अरिङ्गालको टोकाइबाट बिहिबार मृत्यु भएको हो ।

भाइटीका मान्न माइतीघर डोटीको सायल गाउँपालिका ५ गुरेना गएकी आमा आरती जोशीसँगै मामाघर गएका उनलाई गत मंगलबार घर नजिकै अरिङ्गालले टोकेको थियो । अरिङ्गालको टोकाइबाट घाइते भएका उनलाई अस्पतालबाट सामान्य उपचारपछि घर पुर्याटएको र बिहीबार उनको मृत्यु भएको थलारा–८ का वडाध्यक्ष टीकाराज जोशीले बताए ।



शुक्रबार १८, कार्तिक २०७९ १२:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.