प्रदेशका विकासका मुद्धामा केन्द्रित हुनेछु ः देउवा

युग संवाददाता     168 पटक पढिएको    

प्रदेशका विकासका मुद्धामा केन्द्रित हुनेछु ः देउवा

 


धनगढी   मंसिर ४ मा हुने आम निर्वाचनका लागि उम्मेदवारहरु घर दैलोमा व्यस्त छन् । आफ्नो पक्षमा मत पार्नका लागि उम्मेदवारहरु दिन रात नभनेर लागि परेका छन् । कैलाली–५ ‘ख’ मा विशेष गरी लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको नेपाली काँग्रेसका युवा नेता प्रकाश देउवा फरक शैलीमा मतदाताहरुको घर दैलोमा पुगि रहेका छन् । उनले भाषण भन्दा पनि आफु निर्वाचित भईसकेपछि यस क्षेत्रको विकासका लागि गर्ने सक्ने प्रतिबद्धता मतदाता माझ गरिरहेका छन् ।
देउवाले जनताका विकासका लागि राजनीतिमा आवद्ध भएको बताए । देउवा राजनीति भन्दा पनि बढी विकासका मुद्धा लिएर जनताको घर दैलोमा केन्द्रित हुने गरेका छन् । ‘धनगढीको विकासका लागि नै मेरो उम्मेदवारी हो’, उनले भने । ‘राजनीति धेरै भईसक्यो । अव मुलुकले विकास खोजेको छ । विकास नै पहिलो प्राथमिकता हुने छ ।’ उनले आफु कुनैपनि स्वार्थपूर्ति गर्न राजनीतिमा नआएको बताउँदै युवाको नेतृत्व गर्दै विकास समृद्धिमा सक्रिय हुने बताए । भाषण गरेर झुट्टा आश्वासन बाड्नु भन्दा पनि हरेक नागरिकको घर दैलोमा पुगेर समस्याहरु सुन्ने काम भईरहेको उनको भनाई छ । धनगढीको विकासका लागि स्थानीयस्तरबाट मात्र सम्भव नभएको हुँदा प्रदेश र संघीय सरकारबाट पहल गर्ने योजना रहेको उनले सुनाएका छन् । ‘धनगढी सुदूरपश्चिमको एक मुख्य सहर हो । यहाँको विकासका लागि केन्द्रस्तरबाट नै पहल चाल्न पनि त्यतिकै आवश्यक देखिएको छ’, उनले भने । ‘त्यसको लागि मेरो तर्फबाट पूर्ण पहल हुने छ ।’

उम्मेदवारी मनोनयन देखि नै मतदाताहरुको घर दैलोमा विहान देखि साँझ सम्म व्यस्त देउवा भाषण भन्दा पनि विकासमा मुद्धामा बढी फोकस भएको उनीसंगै घर दैलोमा गईरहेका युवा रमेश चन्दले बताए । ‘कैलाली–५ ‘ख’ मा सबै भन्दा बढी डुवान र सडक स्तरोन्नति हुन नसकेको गुनासो धेरैको सुनिन्छ’, चन्दले भने । ‘त्यस्ता समस्याहरु समाधानका लागि निर्वाचन घोषणा पत्र सहित मतदाताहरु भलाकुसारी भईरहेको छ ।’ देउवाले सुरु देखि आफुलाई प्रचारमा फरक शैलीमा प्रस्तुत गरीरहरको उनको भनाई रहेको छ ।
उनले कुनै जात, क्षेत्र भन्दा पनि समग्र धनगढीको विकासका लागि आफ्नो योजनाहरु प्रस्तुत गरीरहेको चन्दले बताए । प्रदेश सभा ‘ख’ का सबै वडामा एक चरणमा पुगि सकेका छन् ।
कैलाली ५ ‘ख’ कांग्रेस नेता प्रकाश देउवासँगै २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट धनगढीको मेयरमा पराजित दुर्गा जोशी प्रदेशसभा सदस्यको उम्मेदवार रहेका छन् । अर्को कुरा लोकत्रान्तिक वामको गठबन्धन भएको हुँदा देउवालाई जित्न सहज भएको भन्नेहरु धेरै छन ।
यस्तै, कांग्रेसकै अर्का नेता क्षितिज भण्डारीको समेत उम्मेदवारी रहेको हुँदा देउवालाई जित्न पनि त्यति जहज नभएको भन्नेहरु पनि छन् । यस क्षेत्रको प्रदेशसभा ‘ख’ मा धनगढी उपमहानगरपालिका वडा नम्बर १ देखि ६, ११ र १३ नम्बर वडा रहेका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडा नम्बर ११ एमाले, वडा नम्बर ६ माओवादीले जितेका वडा हुन् भने बाँकी ६ वटा वडामा प्यानलसहित कांग्रेसले जितेको हो । स्थानीय तहको निर्वाचन मतलाई आधार मान्ने हो भने देउवाको जित सुनिश्चित देखिन्छ ।



बुधबार १६, कार्तिक २०७९ १०:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.