देउबा र कोइराला मिलेपछि वडामा पनि सबै जना मिल्न कोइरालाको आग्रह

युग संवाददाता     193 पटक पढिएको    

देउबा र कोइराला मिलेपछि वडामा पनि सबै जना मिल्न कोइरालाको आग्रह

काठमाडौं / नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफू एकै ठाउँमा उभिएको बताएका छन ।

मोरङको सुन्दरहरैचा ५ मा आइतबार भएको छलफलमा कोइरालाले महाधिवेशन र स्थानीय चुनावका तुष त्याग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए । ‘महाधिवेशन नेपाली कांग्रेस भित्रको प्रतिस्पर्धा हो । त्यो तुषलाई तपाईंहरू सबैले त्यागौँ । शेरबहादुर जी र म एकै ठाँउमा उभिएको छौँ । म पटकपटक गएर शेरबहादुरजीसँग भेटिरहेको छु । वहाँले मेरो कुरा सुनिरहनुभएको छ । मेरो कुरा मानिरहनुभएको छ । वडामा पनि सबै जना मिल्नुपर्छ’ कोइरालाले भने ।



सोमबार ३१, असोज २०७९ ०६:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.