देशभर थप ३२ जनामा कोरोना पुष्टि

युग संवाददाता     228 पटक पढिएको    

देशभर थप ३२ जनामा कोरोना पुष्टि

काठमाडौं / थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घन्टामा देशभरबाट ११६२ नमूना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६३४ र एन्टिजेनबाट ५२८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २८ र एन्टिजेनबाट ४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप ७ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ६६८ पुगेको छ।  



आइतबार ३०, असोज २०७९ १०:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.