मन्त्रीबाटै आचारसंहिता उल्लंघन

युग संवाददाता     142 पटक पढिएको    

मन्त्रीबाटै आचारसंहिता उल्लंघन

काठमाडौं, सरकारका अधिकांश मन्त्रीले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीको दुरुपयोग गर्दै प्रचारप्रसारमा सरिक भइरहेका छन् । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्बन्धी आचारसंहिता २०७९ अनुसार सरकारका मन्त्रीहरूले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी र सरकारी साधनस्रोत प्रयोग गर्न पाउँदैनन् ।

तर, सरकारका झन्डै १४ मन्त्री अहिले मन्त्रालयका विभिन्न साधनस्रोत र गाडीको दुरुपयोग गर्दै आप्mनो चुनाव प्रचार र घरदैलो गरिरहेका छन् । केही मन्त्रीले त राहतका नाममा चामलसमेत वितरण गरेर निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् ।

मन्त्रीहरूले मन्त्रालयबाट जिल्लामा जाँदा त्यसको जानकारी अनिवार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गराउनुपर्छ । जिल्ला भ्रमण गर्दा प्रधानमन्त्री कार्यालयबाट भ्रमण स्वीकृतसमेत गराउनुपर्छ तर अधिकांश मन्त्री जिल्ला भ्रमणमा रहे पनि कसैले पनि भ्रमण स्वीकृत नगराएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

सो कार्यालयका अनुसार हाल चुनाव क्रममा सहरी विकासमन्त्री मेटमणि चौधरी, परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, शिक्षामन्त्री देवेन्द्र पौडेल, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलगायत जिल्लामा रहेका छन् । उनीहरू धेरै दिनदेखि जिल्लामा छन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता २०७९ उल्लंघन भए उम्मेदवारको उम्मेदवारी रद्दसमेत हुन सक्ने चेतावनी दिएका छन् । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ । 



आइतबार ३०, असोज २०७९ १२:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.