आज उद्घाटन हुँदै नवौं राष्ट्रिय खेलकुद

युग संवाददाता     757 पटक पढिएको    

आज उद्घाटन हुँदै नवौं राष्ट्रिय खेलकुद

पोखरा / नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा शुक्रबारदेखि औपचारिक सुरु हुँदैछ।प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ।

बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रतियोगिताको तयारी पूरा भएको बताए। उनले प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्नका लागि सबैको साथ आवश्यक रहेको धारणा राखे । पोखरा रङ्गशालाको अत्याधुनिक फुटबल स्टेडियममा नेपाली सेनाको मार्चपासबाट उद्घाटन समारोह सुरुआत हुनेछ।

राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अगावै केही खेल सुरु भइसकेको छन्। महिला क्रिकेट, फेन्सिङ, ह्याण्डबल लगायतका केही खेल असोज २३ देखीनै सुरु भएका हुन्। शुक्रबारदेखि खेल औपचारिक रुपमा सुरु हुन लागेको हो।



शुक्रबार २८, असोज २०७९ ०६:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal