फिजीमा अर्थमन्त्रीको रिपोर्टिङ  आयात बढेपनि स्थायित्वकै बाटोमा अग्रसर छौं

अर्थ समाचार

युग संवाददाता     816 पटक पढिएको    

फिजीमा अर्थमन्त्रीको रिपोर्टिङ  आयात बढेपनि स्थायित्वकै बाटोमा अग्रसर छौं



काठमाडौं । गत मंगलबार एसियाली विकास बैंकको ५२ औं बोर्डस् अफ गभर्नरको वार्षिक बैठकमा सहभागी हुन फिजी पुगेका अर्थमन्त्री डा। युवराज खतिवडा शनिबार राति स्वदेश फर्किएका छन् ।

बैठकमा सहभागी हुने सिलसिलाममा अर्थमन्त्री डा। खतिवडाले विभिन्न मुलुक तथा वित्तीय संस्थाका विशिष्ट पदाधिकारीहरुसँग भेटवार्ता गरी नेपालको पछिल्लो आर्थिक अवस्थाको बारेमा जानकारी गराउनुको साथै द्विपक्षीय तथा बहुपक्षीय सहयोगको बारेमा वार्ता गरेका थिए । 

सो अवसरमा खतिवडाले देशको आयात बढेर व्यापार सन्तुलनमा चाप परेको भएपनि मुलुक दीगो आर्थिक वृद्धि र स्थायित्वको बाटोमा अगाडी बढिरहेको सन्देश अन्तर्राष्ट्रिय समाजलाई जानकारी गराए ।

अर्थमन्त्री खतिवडाले विभिन्न मुलुकका समकक्षी तथा विकास साझेदार संस्थाका प्रतिनिधिसँग भेट गर्दै नेपालको आर्थिक वृद्धि र नेपाल सरकारले सुरु गरेका सुधारका बारेमा जानकार गराएको अर्थमन्त्री खतिवडाको सचिवालयले जनाएको छ । विकास साझेदार संस्थाहरु पनि नेपालको प्रगतिप्रति उत्साहित हुँदै नेपाललाई थप सहायता प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका उल्लेख गरेका थिए ।

फिजीमा खतिवडाले बैठक तथा द्धिपक्षीय वार्ताको क्रममा नेपालको संंघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकासको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन आवश्यक पहल गर्नुका साथै नेपालमा लगानीको वातावरण सुधार हुर्दै गएको सन्देश विश्व समुदायका सहभागीहरुलाई जानकारी दिएका थिए । मुलुक संघीयता कार्यान्वयनमा सफलतापूर्वक अघि बढिरहेको बताउँदै वित्तीय संघीयताको व्यवहारिक रुपमा सफल कार्यान्वयनको प्रक्रियामा सहयोग गर्न पनि अनुरोध गरेका थिए ।

खतिवडाले एसियाली विकास बैंक, युरोपियन लगानी बैंक, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष ९ओफिड० र संयुक्त राज्य अमेरिकाका डिपार्टमेन्ट अफ ट्रेजरीका उच्चपदस्थ अधिकारीसँग भएको बेग्लाबेग्लै द्विपक्षीय बैठकहरुमा नेपालको समग्र आर्थिक अवस्था, लगानीको आवश्यकता, लगानीको लागि अनुकुल वातावरण निर्माण गर्न गरिएका सुधारहरुको बारेमा पनि जानकारी गराएका थिए । 

नेपालमा उच्च आर्थिक वृद्धिलाई निरन्तरता दिन, पूर्वाधार विकास गर्न, संघीयताको सफल कार्यान्वयन गर्न, संविधानप्रदत्त मौलिक हकहरुको कार्यान्वयन गर्न, भूकम्पपछिको पुर्ननिर्माण खास गरी आवास र विद्यालय भवनहरुको पूर्ननिर्माणको कार्य सम्पन्न गर्न र दिगो विकासको लक्ष्य हासिल गर्न सरकारलाई ठूलो राशीको लगानी आवश्यक भएकोले विकास साझेदारलाई नेपालमा थप सहायता प्रदान गर्न आह्वान पनि गरे । साथै, उनले नेपालमा लोकतान्त्रिक, स्थिर र पारदर्शी सरकार गठन भएकोले सहायताको पूर्ण सदुपयोग हुने विश्वास दिलाएका थिए ।

सो अवसरमा उनले एसियाली विकास बैंकका अध्यक्ष ताकेहिको नकाओकोसँग द्विपक्षीय छलफल गरे । 

बैठकमा अर्थमन्त्री खतिवडाले नेपालको वर्तमान सरकार उच्च आर्थिक वृद्धिदरको बाटोमा अघि बढेको, मुद्रास्फिति नियन्त्रणमा रहेको, पुननिर्माणमा उल्लेख्य प्रगति भइरहेको बताए । 

एसियाली विकास बैंकको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै मन्त्री खतिवडाले उच्च आर्थिक वृद्धिदर कायमै राख्न सार्वजनिक र निजी दुवै क्षेत्रमा थप लगानीका लागि स्रोत परिचालन गर्नु परेको सम्बन्धमा अध्यक्षलाई अवगत गराए । खतिवडाले उच्च आर्थिक वृद्धिको पथमा गइरहेकाले आयात बढेको र व्यापार सन्तुलनमा चाप परेको भएपनि मुलुकको अर्थतन्त्र दिगो आर्थिक वृद्धि र स्थायित्वको बाटोमा अगाडी बढिरहेको स्पष्ट पारे ।

बैंकका अध्यक्षले मन्त्री खतिवडालाई राष्ट्र बैंकको गभर्नर हुँदा भेट गरेको प्रशंग उल्लेख गरेका थिए । नेपालले राजनीतिक तहमा गर्नु पर्ने कार्यहरु पुरा गरिसकेको र आर्थिक तथा सामाजिक विकासका परिसुचकमा पनि राम्रो प्रगति गर्दै अगाडि बढिरहेको भन्दै अध्यक्ष नकाओले भुकम्पपछिको पुर्ननिर्माणको लागि भएको अन्तर्राष्ट्रिय दाता सम्मेलनमा आफू सहभागी भएको स्मरण गराए ।

अर्थमन्त्रीले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, स्वच्छ वातावरण, सामाजिक संरक्षणलगायत संविधानमा व्यवस्था भएका मौलिक हकहरुको कार्यान्वयन गर्न सरकारले उल्लेख्य लगानी बढाउनु पर्ने भन्दै बैंकलाई थप सहयोगको लागि आग्रह गरेका थिए । 

उनले भने, “नेपाल दुई वर्षभित्र अति कम विकसित राष्ट्रको अवस्थाबाट स्तरोन्नति हुने सम्भावना छ । केही वर्ष त्यसको दिगोपना हेर्नु पर्ने भएकोले र त्यतिञ्जेलसम्म बैंकले हाल प्रदान गरिरहेको सहुलियतपूर्ण कर्जाको सुविधा प्रदान गरिरहनु पर्ने आवश्यकता छ ।”

यसैगरी एसियाली विकास बैंकका उपाध्यक्ष तथा अन्य उच्च पदस्थ अधिकारीहरुसँग भएको छुट्टाछुट्टै द्विपक्षीय बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले नेपालको निजि क्षेत्रको विकासको लागि बैंकले खेलेको भूमिकाको सराहना प्रकट गरे । उनले भेटमा दीर्घकालिन लगानीको लागि स्रोत जुटाउन लामो समयदेखि छलफलमा थाती रहेको स्थानीय मुद्रामा ऋणपत्र जारी गर्ने विषयमा आवश्यकता अनुसार अघि बढ्ने बताए ।

सार्कमा आर्थिक अन्तरनिर्भरताको अत्यावश्यकता

बैठकको शिलशिलामा फिजीको नादीमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०का अर्थमन्त्रीको तेह्रौं बैठकको अध्यक्षता समेत गरेका थिए । सो बैठकलाई सम्बोधन गर्दै उनले दक्षिण एसियाको आर्थिक विकासमार्फत जनताको कल्याण र समृद्धिको लागि यस क्षेत्रको आर्थिक अन्तरनिर्भरता अत्यावश्यक भएको बताएका थिए ।

सो बैठकमा सार्क विकास कोषको कार्यप्रगति तथा आगामी दिनहरुमा कोषको सञ्चालनमा प्रभावकारीता ल्याउनुपर्ने विषयमा समेत उनले आफ्नो धारणा राखेका थिए । त्यसैगरी सार्क विकास कोषको बैठकमा पनि अर्थमन्त्री सहभागी बनेका थिए ।

उनले दक्षिण एसिया विश्व आर्थिक वृद्धिको केन्द्र भएको र विश्व अर्थतन्त्रमा यस क्षेत्रले लगातार राम्रो प्रभाव जमाउँदै गएको भएतापनि अन्तरदेशीय सडक सञ्जाल र अन्तर आबद्धता बढाउन नसक्दा अन्तरदेशीय व्यापारको हिस्सा तीन गुणासम्म बढाउन सकिने सम्भावना भएपनि पाँच प्रतिशत भन्दा माथि पुग्न नसकेको बताए ।

मन्त्री खतिवडाले दक्षिण एसियाको समग्र अर्थिक स्थायित्वको चर्चा गर्दै नेपालले इतिहासमै लगातार तेस्रो वर्ष ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्न सफल भएको उल्लेख गरे । उनले लगातार उच्च आर्थिक वृद्धि हासिल गरिरहँदा व्यापार घाटा र वाह्य क्षेत्र सन्तुलनमा चाप पर्नु स्वभाविक भएको बताउँदै आगामी दिनमा उच्च आर्थिक वृद्धि र वाह्य क्षेत्र सन्तुलनका बीचमा सामन्जस्यता कायम गर्न सरकारले ध्यान पुर्याउने जानकारी दिए । बारखरी  



आइतबार २२, बैशाख २०७६ ११:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.