डडेल्धुरामा एमालेका चक्र स्नेही सहित पाँच जनाले लिए उम्मेदवारी फिर्ता

युग संवाददाता     219 पटक पढिएको    

डडेल्धुरामा एमालेका चक्र स्नेही सहित पाँच जनाले लिए उम्मेदवारी फिर्ता

डडेलधुरा / डडेल्धुरामा पाँचजना उम्मेदवारले आफ्नो मनोनयन लिएका छन्। प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका तीन र प्रदेशसभातर्फ उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेकपा एमालेका उमेदवारको उमेदवारी फिर्ताका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै निवेदन दिएको पाइएको छ ।

प्रतिनिधिसभातर्फ एमालेबाट उम्मेदवार बनेका चक्रप्रसाद स्नेही, स्वतन्त्र दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालीप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।

उनका अनुसार प्रदेशसभा १ मा नेपाली काँग्रेस (बिपी)का गणेशप्रसाद जोशी र प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जयराज अवस्थीले पनि उम्मेदवारी फिर्ता लिएका छन्। डडेल्धुरामा प्रतिनिधिसभातर्फ एक र प्रदेश सभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेका छन्।

प्रतिनिधिसभाका ३ जनाले उम्मेदवारी फिर्ता लिएसँगै अब सङ्घमा ८ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली काँग्रेस (बिपी)का कर्णबहादुर मल्ल, एमालेका बागी विक्रम शाही, राप्रपाका गोविन्द खडायत, जनता समाजवादी पार्टीका श्याम सिनाल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, कर्णसिंह रावल ‘मम्याल बाजे’ र लालबहादुर कठायतबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।

यस्तै प्रदेशसभामा १२ जना उम्मेदवारी प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धन दलबाट डडेल्धुरामा प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका खगराज भट्ट र प्रदेशसभा २ मा नेपाली काँग्रेसका गोविन्दराज बोहराले उम्मेदवारी दिएका छन्।

प्रदेशसभा १ मा नेकपा एमालेबाट पठानसिंह बोहरा र प्रदेशसभा २ मा गजेन्द्र शाही, प्रदेशसभा २ मै स्वतन्त्र डा. तारा जोशीको उम्मेदवारी छ। प्रदेश २ बाट राप्रपाबाट पदमराज जोशी तथा स्वतन्त्र महेश धामी र धनबहादुर बोहराको उम्मेदवारी छ। प्रदेशसभा २ मा राप्रपाबाट खेमराज पनेरु, जसपाबाट नरभान पार्की, स्वतन्त्रबाट तेजबहादुर कठायत र नवराज धिक्तको पनि उम्मेदवारी छ।



बुधबार २६, असोज २०७९ १२:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.