थप २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

युग संवाददाता     228 पटक पढिएको    

थप २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौं / देशभर थप २७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५४६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६ जना सङ्क्रमणमुक्त पनि बनेका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५६९ पुगेको छ । नेपालमा हालसम्म कोरोना महामारीमा १२ हजार १८ जनाले ज्यान गुमाइसकेका छन् ।



सोमबार २४, असोज २०७९ ०२:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.