सामाजिक सञ्‍जालमा टिप्पणी– श्री ५ को सरकारबाट मेरो सरकार

देश

Yugnepal     805 पटक पढिएको    

सामाजिक सञ्‍जालमा टिप्पणी– श्री ५ को सरकारबाट मेरो सरकार


 सामाजिक सञ्‍जालमा टिप्पणी– श्री ५ को सरकारबाट मेरो सरकार 
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा नेपाल सरकारको सट्टा ‘मेरो सरकार’ उच्चारण गरिन् । राष्ट्रपतिको सम्बोधन गणतन्त्रपूर्व तत्कालीन राजाले प्रयोग गर्ने सम्बोधनको भाषासँग मिलेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ ।

सामाजिक सञ्जालमा सरकार श्री ५ को सरकारबाट मेरो सरकारको बढुवा भएको टिप्पणी भइरहेको छ ।


पत्रकार गुणराज लुइँटेल माइक्रो ब्लगिङ साइट ट्विटरमा लेख्छन्– “अघि श्री पाँचको सरकार थियो । त्यही भएर ‘मेरो सरकार’ हुकुम हुन्थ्यो । इतिहासको झझल्कोले मर्ने भइयो 

अघि श्री ५ को सरकार थियो। त्यही भएर ुमेरो सरकारु हुकुम हुन्थ्यो। इतिहासको झझल्कोले मर्ने भइयो१


कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले त राष्ट्रपतिलाई रानी नबनाउन अनुरोध नै गरेका छन् ।
उनले ट्विट गरेका छन्– “रास्ट्रपतिलाई रास्ट्रपति नै रहन दिऊँ सरकार, राजतन्त्र विदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन १ दशैंको टीका प्रकरण अनि आजको ‘मेरो सरकार’ सामान्य त्रुटि विल्कुलै होइन १”

सम्माननिय २एः)ल्भउब िमेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि रास्ट्रपतिको सरकार रु

कुनै बेला ञश्री ५ कोझ सरकार थियोे, राजाले ञमेरो सरकारझ भनेर सम्बोधन गर्थे  िआज रास्ट्रपतिले उहि शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ 

प्रवक्त शर्माले राष्ट्रपतिको सम्बोधन नसकिँदै ट्विट गरेका थिए । जहाँ उनले भनेका थिए– “सम्माननीय प्रधानमन्त्री १ मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि रास्ट्रपतिको सरकार  रु कुनै बेला ‘श्री पाँचको’ सरकार थियोे, राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे । आज रास्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ रु”
कांग्रेस नेता एवम् सांसद गगन थापाले त झन् कटु टिप्पणी गरेका छन् । संसद् भवनबाटै ट्विट गर्दै उनले भनेका छन्– “म त नेपाल सरकारको ९जनताको सरकार ० नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिम ज्यूको निजी सरकारको कार्यक्रम को पो घोषणा भैरहेको छ । प्रधानमन्त्रीज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला रु”

म त नेपाल सरकारको ९ जनताको सरकार ० नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। २एः)ल्भउब िज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होलारु


साझा विवकेशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पनि राष्ट्रपतिको ‘मेरो सरकार’ सम्बोधनप्रति असहमति जनाएका छन् । माइक्रो ब्लगिङ साइट ट्विटरमा उनले ट्विट गरेका छन्– “राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अत्यन्त गैरजिम्मेवार र लोकतान्त्रिक भावनाको बरखिलाफ छ । यो राष्ट्रपतिको सरकार होइन । नेपाली जनताको सरकार हो । संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपली जनतामा निहित रहेको उल्लेख छ ।”

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अत्यन्त गैर(जिम्मेवार र लोकतान्त्रिक भावनाको बरखिलाफ छ। यो राष्ट्रपतिको सरकार होइन। नेपाली जनताको सरकार हो। संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपली जनतामा निहित रहेको उल्लेख छ।


कांग्रेसका अर्का नेता रमेश लेखकले पनि सम्बोधनप्रति आपत्ति प्रकट गरेका छन् । उनले लेखेका छन्– “देशमा राजतन्त्र भएका बेला नेपाल सरकारलाई श्री पाँचको सरकार भनिन्थ्यो र सरकारको नीति तथा कार्यक्रम वाचना गर्दा राजाले मेरो सरकार भन्थे । अहिले राष्ट्रपतिजीले सम्बोधनमा मेरो सरकार  भन्नु भएको बुझिएन ।” 

 



शुक्रबार २०, बैशाख २०७६ १०:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.