भोलिसम्म व्यवस्थित निर्णय लिन्छु : भिम रावल

युग संवाददाता     138 पटक पढिएको    

भोलिसम्म व्यवस्थित निर्णय लिन्छु : भिम रावल

काठमाडौँ / नेकपा एमालेका नेता भीम रावलले आफूलाई उम्मेदवार हुनबाट रोकिएको भन्दै आइतबारसम्म आगामी बाटोबारे निर्णय लिने बताएका छन्। आफूले अहिले सम्पूर्ण पक्षबारे गहन अध्ययन गरिरहेको भन्दै आइतबार (भोलि)सम्म निर्णय लिने उनले बताए।

'म आफैंलाई पनि उम्मेदवारीबाट रोकिएको छ। यसका सम्पूर्ण पक्ष गहन अध्ययन गरिरहेको छु। आइतबारसम्म म व्यवस्थित रूपमा मेरा धारणा र निर्णय सार्वजनिक गर्नेछु,' रावलले भने।

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि अछाम- १ बाट रावल सर्वसम्मत रूपमा सिफारिस भए पनि उनलाई रोकेर माओवादीबाट हालसालै एमाले प्रवेश गरेका झपट बोहोरालाई टिकट दिइएको छ। रावलले भदौ २१ मा सेतोपाटीसँग कुराकानी गर्दै कुनै पदमा जाने वान नजाने भन्दा पनि राष्ट्रको सर्वोपरी हीत र पार्टी विधिमा चल्नुपर्ने विषय आफ्ना लागि महत्वपूर्ण हुने बताएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने टिकट पाउनका निम्ति १० बुँदे पक्षधरले माफी माग्नुपर्ने आफूनिकटहरूसँग बताउँदै आएका थिए।  



शनिबार २२, असोज २०७९ ०२:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.