शनिबारको दिनमा साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ बैशाख २१ गते शनिबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।

Yugnepal     1158 पटक पढिएको    

शनिबारको दिनमा साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ बैशाख २१ गते शनिबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ ।

शनिबारको दिनमा साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर २०७६ बैशाख २१ गते शनिबारको राशिफल पढ्नुहोस् । तपाईको मनोकामना पुरा हुनेछ । 

वि।सं।२०७६ साल वैशाख २१ गते । शनिबार । ईश्वी सन् २०१९ मे ०४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि औंशी,५७ घडी ३८ पला । नक्षत्र अश्विनी,२६ घडी ४२ पला,बेलुकी ०४ बजेर ०६ मिनेट उप्रान्त भरुणी । योग आयुष्मान, ५८ घडी ११ पला । करण चतुष्पद,बेलुकी ०४ बजेर १८ मिनेट उप्रान्त नाग,रातको ०४ बजेर २८ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा सौम्य योग । चन्द्रराशि मेष । दर्शश्राद्ध,मातातीर्थस्नान,आमाको मुख हेर्ने दिवस । काठमाडौंमा सूर्योदय ०५ बजेर २५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेट । दिनमान ३३ घडी ०४ पला ।
 
मेष९चू,चे,चो,ला,लि,लू,ले,लो,अ० राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ता हरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाईमा प्रगति हुँने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ ।


 
बृष९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० स्वास्थ्यमा समस्या आउँने तथा औषधि उपचार खर्च बढेर जानेछ । शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुँनाले बाहिरि तत्वहरुले प्रलोभन देखाएर फसाउँन सक्छन् ध्यान दिनुहोला । आफन्त तथा अग्रजहरुको सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । पढाई लेखाई तपाई आफ्नै कारणले कमजोर रहनेछ । लामो दुरिको बिदेश यात्राको योग रहेकोछ भने बिदेशमा उत्पादिन सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
मिथुन ९का,की,कू,घ,ङ,छ,के,को,हा० अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । व्यापार व्यावसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउँने समय रहेको छ । माया प्रममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य बिवाद सिर्जना हुनेछ । रमाईलो बाताबरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । चिठ्ठा तथा उपाहार प्राप्तिको योग रहेको छ ।
कर्कट ९ही,हू,हे,हो,डा,डी,डु,डे,डो० समय राम्रो रहेकोले व्यापार व्यावासायमा लगानि गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । रोजगारको खोजिमा हुनेहरुले काम पाउन तथा नोकरिमा पदोन्नतीको योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने माता पिताको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । माया प्रेममा नजिक हुने तथा अध्ययनमा सुधार भएर जानेछ ।
सिहं ९मा,मी,मू ,मे,मो,टा,टी,टू,टे० सरकारि पदमा बसेर सेवा पबाह गर्नेहरुले समयमा तपाईको काम नगरिदिदा महत्वपुर्ण अवसरबाट बञ्चित हुँने पर्नेछ । यात्रा हुँने भएपनि बाटामा दुख तथा शास्ति खेप्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला । मनमा एक किसिमको बेचैन आउँने हुँनाले काम गर्न मन लाग्ने छैन । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।
कन्या ९टो,पा,पी,पू,ष,ण,ठ,पे,पो० बिभिन्न समस्याहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ भने यहि बेलामा आफन्त तथा शुभचिन्तकहरु टाडिनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिदा पनि भनेजस्तो नतिजा हातलागि नहुँदा काम गर्ने जोस जागर हराएर जानेछ । बाहिरि वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । प्रेम प्रशङगमा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुँने हुँनाले सम्यम भई अगाडि बढ्नुहोला ।
तुला ९रा,री,रु,रे,रो,ता,ती,तू,ते० मानव निर्मित तथा भौतिक साधनको व्यापार व्यावसाय फस्टाएर जानेछ । जीवन साथि तथा मन परेको मान्छेको साथ रमाईलो यात्रा हुँने हुँदा मन प्रशन्न रहनेछ । परिवारबाट तपाईको काममा पुर्ण समर्थन प्राप्त हुँने हुँदा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लगि प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरुभन्दा अगाडि तपाईको नाम आउँनेछ ।
बृश्चिक ९तो,ना,नी,नू,ने,नो,या,यी,यू० माया प्रेमको गाठो कसिलो हुँनुको साथै दाम्पत्य जीवन सुमधुर रहनेछ । सत्रु परास्त हुँनेछन् भने न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । व्यापार व्याबसायबाट भनेजस्तो आम्दानि जीवन यापन सहज मार्गमा अगाडि बढ्नेछ ।
धनु ९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे० पढाई लेखाईमा भनेजस्तो नतिजा हात नलाग्ने हुदा मन चिन्तित रहनेछ । आर्थिक रुपमा सवल हुन चालिएका कदमहरुबाट भनेजस्तो नतिजा नआउने हुनाले काम गर्न मन लाग्ने छैन । सन्तान,छोराछोरि तथा आफन्तले तपाईको कामको खासै समर्थन गर्ने छैनन् । माया प्रेममा चिसोपनको बिकास हुनेछ भने जीवन साथि सँग मनमुटाब बढ्ने योग रहेकोछ ।
मकर ९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी० व्यापार व्यावसायमा केहि समय पर्ख र हेरको रणनिति अपनाउँदा राम्रो रहेकोछ भने कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने योग रहेकोछ । आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ ।


कुम्भ ९गू,गे,गो,सा,सी,सू,से,सो,दा० व्यापार व्यावसायमा थोरै समय दिदापनि मनग्गे आम्दानि गर्न सकिनेछ । बिबादित बिषयहरु ह्ल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । अध्ययन अध्यापनमा मन जाने हुँनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिस सँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउँन सकिनेछ ।
मीन ९दी, दु,थ,झ,ञ,दे,दो,चा,ची० रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भबिस्यमा बिवाद सिर्जना हुँन सक्छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानशिक तनाब बढ्नेछ । आफ्नो ब्याक्तिगत कुराहरु अरुले थाहा पाई आलोचना गर्न सक्छन् ध्यान दिनुहोला ।
यो राशीफल ज्योतिषी दुर्गा प्रसाद भण्डारीले काठमाडौबाट उपलब्ध गराउँनु भएको हो । तपाईपनि चिना बनाउँन तथा कुण्डली बिश्लेषणका लागि ९८५११७८४५९ मा सम्पर्क गर्नुहोला ।
तपाईको दिन शुभ रहोस ।



शुक्रबार २०, बैशाख २०७६ १०:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.