कांग्रेसले टुंग्यायो देउवासहित १० उम्मेदवार, बाँकीको टुंगो आज लाग्ने

युग संवाददाता     171 पटक पढिएको    

कांग्रेसले टुंग्यायो देउवासहित १० उम्मेदवार, बाँकीको टुंगो आज लाग्ने

काठमाडौं / नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवासहित केही उम्मेदवारको टुंगो लगाएको छ । शुक्रबार रातभर बसेको बैठकले संघतर्फ डडेलधुराबाट प्रतिनिधिसभातर्फ पार्टी सभापति शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै, प्रतिनिधिसभातर्फ नै वर्तमान उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूलाई दार्चुलाबाट उम्मेदवार बनाउने भएको छ । त्यस्तै, बाजुराबाट संस्थापन इतर नेता सहमहामन्त्री बद्रीप्रसाद पाण्डेलाई उम्मेदवार बनाउने भएको छ । उनी पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । अछाम जिल्ला सभापति पुष्पबहादुर शाहले अछामबाट टिकट पाएका छन् । त्यस्तै, मुगुका सभापति ऐनबहादुर शाहीले पनि टिकट पाउने भएका छन् । उनी मुगुबाट सर्वसम्मत सिफारिस भएका थिए ।

त्यस्तै, मनाङबाट पूर्वमन्त्री टेकप्रसाद गुरुङ उम्मेदवार बन्ने भएका छन् । अघिल्लो निर्वाचन हारेकी सीता गुरुङले तेह्रथुमबाट फेरि टिकट पाएकी छन् । त्यस्तै, प्रदेशतर्फ जुम्ला ‘ख’ बाट ललितजङ्ग शाही र तेह्रथुम ‘क’ बाट सन्तोष सुब्बाले अवसर पाउने भएका छन् । ताप्लेजुङ ‘ख’ बाट खेगन सिंह हाङवाङलाई उम्मेदवार बनाउने निर्णय कांग्रेस संसदीय बोर्डले गरेको छ । कांग्रेसले बाँकी उम्मेदवार आज बस्ने बैठकले टुंग्याउने बताइएको छ । 



शनिबार २२, असोज २०७९ ०३:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.