अहंकार र झुटको पुलिन्दा  प्रतिपक्ष, सत्तापक्ष भन्छ  कार्यक्रम राम्रा तर चुनौतीपूर्ण

राजनीति

युग संवाददाता     815 पटक पढिएको    

अहंकार र झुटको पुलिन्दा  प्रतिपक्ष, सत्तापक्ष भन्छ  कार्यक्रम राम्रा तर चुनौतीपूर्ण

 

 
काठमाडौं( प्रतिपक्षका सांसदले आगामी आर्थिक वर्ष २०७६र०७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आश्वासनको नारा मात्र रहेको टिप्पणी गरेका छन्। सत्तापक्षका सांसदहरुले भने नीति तथा कार्यक्रमको सर्मथन गरे।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि प्रतिक्रिया दिँदै दुबै पक्षले आफू अनुकुल व्याख्या गरेका हुन्। प्रतिपक्षका सांसदहरुले सरकारले निरास बनाएको टिप्पणी गरेका छन्।

कसले के भने

शेरबहादुर देउवा, सभापति, नेपाली कांग्रेस

थोत्रो आश्वासन बाहेक केही पनि छैन। विगतकै निरन्तरता मात्र छ। सरकारले जनतालाई आश्वासन मात्र बाँडको छ। अघिल्लो पटक पनि यही कुरा उहाँहरुले भन्नुभएको थियो। राष्ट्रपतिले मेरो सरकार किन भन्नुभयोरु हाम्रो सरकार भनेको भए हुन्थ्यो।

उपेन्द्र यादव, उपप्रधान एवम् स्वाथ्य तथा जनसंख्या मन्त्री

राष्ट्रपतिज्यूले वाचन गर्नुभयो, राम्रो छ। यो लागू भएपछि सबै नेपाली सुखी हुन्छन् र नेपाल समृद्ध हुन्छ।

लक्ष्मणलाल कर्ण, नेता, राजपा

यो सरकारको नीति तथा कार्यक्रम हो। झिना मसिना कुरा गरिएको छ। तीन पटक पानीजहाज चलाएको र अफिस बनाएको बताइएको छ, केहीले चल्लारु रेलको कुरा उस्तै छ। जनकपुर(जयनगर चलाउन सकेको छैन। पूर्वपश्चिम रेल चलाउने बकवास कुरा छ।

ुमेरो सरकारु भनेर राष्ट्रपतिले विचित्रको भाषा बोल्नु भयो। मेरो सरकार भन्नुभयो, तर यो सार्वभौम संसदको सरकार हो। राष्ट्रपतिको होइन। यसले फेरि राजा बन्न खोजेको देखिन्छ। जनताको सरकारलाई मेरो भनेर भन्नु गलत छ। अब बजेट कस्तो आउँछ हामी हेरिराखेका छौं। हामी त्यसको प्रतिक्षामा छौं।

सुरेन्द्र पाण्डे, नेता, नेकपा

सरकारले सोचेका कुरा राम्रा छन्। तर, लक्ष कसरी पुरा गर्छ भन्ने हो।

पूर्वपश्चिम रेलदेखि दुई लेनको सडकजस्ता राम्रा योजना समेटिएका छन्। त्यस्तै सामाजिक सुरक्षा भत्ता वृद्धिदेखि अन्य काम गर्ने भनिएको छ। सरकारले ल्याएको समग्र नीति राम्रो भएको र अब बजेटमा त्यसलाई उचित व्यवस्था गर्न जरुरी रहेको छ।

ुमेरो सरकारु किन भन्नुभयो यसमा म बोल्न चाहन्न। यो उचित शब्द नहोला। पहिला श्री ५ को सरकार हुन्थ्यो। नेपाल सरकार ठिक हुन्थ्यो भन्ने मलाई लाग्दछ।

गगन थापा, नेता, नेपाली कांग्रेस

संसदमा प्रस्तुत भएको यो कार्यक्रम निजी वा नेपाल सरकारको होरु प्रश्न यहींबाट सुरु हुन्छ। यो सरकारको हो भने राष्ट्रपतिलाई थप विवादमा हुनेगरी यत्रो गम्भीर त्रुटी किन गर्योरु

सरकारले गरेको संविधान दिगो विकासको लक्ष्य र विगतका काम हो। विगतम जे(जे गर्छु भन्यो, यो वर्ष के भयो, समिक्षामा कत्ति पनि आत्मआलोचना छैन। प्रशंसा नै प्रशंसा छ। जनता निरास भएको भन्ने छैन। आत्मसमीक्षा छैन। जनताले रामराज्य देखिसकेका छन्। आगामी वर्ष रामले पनि नदेखेको राज्य हुने आश्वासन बाँडेको छ।

भ्रम छ, भय छैन( सरकारको दाबी हो यो। यस वर्ष यो काम भयो, यसमा सकिन भनेर एक ठाउँमा बाहेक अन्यमा भनिएन। राष्ट्रिय गौरवको आयोजना र बजेट खर्चबाहेक अन्यमा आत्मसमिक्षा नै छैन। मेरो सरकारले काम गरेको भनी दाबी गरेको छ। तर, विगतका वर्षमा गरेका कामको मूल्यांकन भएको छैन।

संघियता कार्यान्वयन यो वर्ष फितलो भयो। अघिल्लो वर्ष गरेका र अब यो नयाँ हुनेछ भनेर किन योजना अएनरु सामाजिक सुरक्षा भत्ता बढाउँछु भनेर जनतालाई लोभ देखाएर फकाउन खोजिँदैछ।

नयाँ नारा छ तर आधार छैन। आर्थिक वृद्धि र राजश्व संकलन खुम्चिएकोप्रति कुनै सम्बोधन छैन। अहंकार र झुटको पुलिन्दा हो यो कार्यक्रम। गत वर्ष निरास बनाएको सरकारले यो वर्ष आसाको सञ्चार गराउन सकेन। यो सरकारले देश सही ढंगले अगाडि लाने संकेत देखाएन।

विजयकुमार गच्छदार, नेता, नेपाली कांग्रेस

नयाँ कुरा केही छन् तर त्यो पुरा हुन्छ वा हुँदैन हेर्नुपर्छ। यो पुरा हुने देखिँदैन। सरकारले नीति तथा कार्यक्रममा ल्याएका योजनाहरुमध्ये पुलको कुरा हेर्दा असम्भव छ।

ुमेरो सरकारु भन्नु भन्दा ुहाम्रो सरकारु भनिदिएको भए हुन्थ्यो। राजा कालमा मेरो सरकार भन्ने हुन्थ्यो। जनताको भावना समेट्न सकेन। हाम्रो सरकार भन्देको भए के हुथ्योरु आखि सबैको सरकार भन्ने बुझिन्थ्यो होला। समग्र सरकारको कुरा आएन।

योगेश भट्टराई, नेता, नेकपा

सरकारको नीति तथा कार्यक्रम राम्रो छ। यसले केही गर्ने योजना बनाएको छ। बजेटमा यसलाई समावेस गरेर पुरा गर्नुपर्दछ।

यो प्रतिपक्षका साथीहरुले भनेझैं विगतको निरन्तरता नै हो। यो आधार वर्षको रुपमा आएको कार्यक्रम हो। आगामी वर्षमा यसले जग बसाल्ने छ। नयाँ पूर्वाधार निर्माणको लागि र पुरानालाई निरन्तरता दिएर राम्रो काम गर्न खोजेको छ। लोककल्याणकारी समाजवाद उन्मुख नीति तथा कार्यक्रम छ। यो समय सापेक्ष पनि छ। 

 नेपाल लाइभ



शुक्रबार २०, बैशाख २०७६ १०:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.