कैलालीको भजनी नगरपालिकामा दुई सय बढी घर डुबानमा

युग संवाददाता     136 पटक पढिएको    

कैलालीको भजनी नगरपालिकामा दुई सय बढी घर डुबानमा

धनगढी / निरन्तर वर्षासँगै आएको बाढीका कारण कैलालीको भजनी नगरपालिका क्षेत्रका दुई सय बढी घर डुबानमा परेका छन ।

लगातारको वर्षाले नदीमा पानीको बहाव बढे संगै आएको बाढी बस्तीमा पस्दा नगरपालिका क्षेत्रका वडा न.२, ७ र ८ मा करिब दुई सय दुई घर डुबानमा परेको हुन । बस्ती डुबान भएपछि पल्टापुरका ४० घरपरिवार स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा बसिरहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं डिएसपी बेद जोशीका अनुसार काडा, पथरैया र कान्द्रा नदीमा आएको बाढी  बस्तीमा पसेपछि घर डुबानमा परेका छन । अहिले बाढी प्रभावित क्षेत्रमा प्रहरी चौकी जनकपुर, इलाका प्रहरी कार्यालय भजनी तथा पृथ्वीपुरबाट प्रहरी टोली खटिएको छ ।

यसैबिच अविरल वर्षासँगै कान्द्रा लगायतका ठुला साना नदीमा जलस्तर बढ्दै गएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको स्थानीय प्रशासनले जनाएको छ।



शुक्रबार २१, असोज २०७९ १०:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.