कञ्चनपुरको महेन्द्रनगरमा बसलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

युग संवाददाता     154 पटक पढिएको    

कञ्चनपुरको महेन्द्रनगरमा बसलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर / कञ्चनपुरको महेन्द्रनगरमा बिहीबार साँझ बससित मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

महेन्द्रनगरस्थित बसपार्कबाट राजमार्गमा निस्किरहेको सु प्र प्र ०२–००१ ख ११६१ नम्बरको बसलाई ठक्कर दिँदा भीमदत्त नगरपालिका–८ का २० वर्षीय सुनिल रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए । प्रहरीका अनुसार मृतक राना महेन्द्रनगरबाट गड्डाचौकीतर्फ म १ प ६२७२ नम्बरको मोटरसाइकल चलाएर जाँदै थिए ।

बसलाई ठक्कर दिएर टाउकोमा चोट लागेका रानाको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बस र चालक शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका रघुनाथ अवस्थीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको विस्तृत अनुसन्धान थालेको छ ।



बिहिबार २०, असोज २०७९ ०२:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.