रुघाखोकीको औषधीले ६६ जना बालबालिकाको मृत्यु

युग संवाददाता     405 पटक पढिएको    

रुघाखोकीको औषधीले ६६ जना बालबालिकाको मृत्यु

भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बालबालिकालाई खुवाउने रुघाखोकीको औषधि प्रयोग नगर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सुझाव दिएको छ।

गाम्बियामा रुघाखोकीको औषधि प्रयोग गर्दा ६६ जना बालबालिकाको मृत्यु भएको घटनामा त्यही औषधि नै मुख्य कारण हुनसक्ने भन्दै डब्ल्यूएचओको उक्त सुझाव दिएको हो।

डब्ल्यूएचओले भनेको छ, 'डब्ल्यूएचओले आज पहिचान गरिएको चार दूषित औषधिहरूको लागि मेडिकल उत्पादन चेतावनी जारी गरेको छ। जुन सम्भावित रूपमा तीव्र मृगौला चोटपटक र बालबालिकाहरूमा ६६ मृत्युसँग जोडिएको छ। यी युवाहरूको जीवन गुमाउनु उनीहरूको परिवारको लागि हृदयविदारक छ।'

डब्ल्यूएचओले सबै देशहरुलाई मेडन फर्मास्युटिकल्स कम्पनीका रुघाखोकीका औषधि प्रयोग नगर्न र जाँच गर्न पनि सुझाव दिएको छ। डब्ल्यूएचओका अनुसार ती औषधिहरूमा डाइथिलिन ग्लाइकोल र एथिलिन ग्लोइकोलको मात्रा मिलेको छैन।

डब्ल्यूएचओले अगाडि भनेको छ,'चार औषधिहरू भारतमा मेडेन फार्मास्युटिकल्स लिमिटेडले उत्पादन गरेको खोकी र चिसो सिरप हुन्। डब्ल्यूएचओले कम्पनी र भारतमा नियामक अधिकारीहरूसँग थप अनुसन्धान गरिरहेको छूतर अन्य देशहरुमा पनि वितरण भएको हुनसक्छ।'



बिहिबार २०, असोज २०७९ ०७:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.