धनगढी उप - महानगरपालिकाले कुष्ठरोग निवारण अभियान संचालन गदै

देश

Yugnepal     1094 पटक पढिएको    

धनगढी उप - महानगरपालिकाले कुष्ठरोग निवारण अभियान संचालन गदै

धनगढी उप - महानगरपालिकाले कुष्ठरोग निवारण अभियान संचालन हुँदै

धनगढी बैशाख १९ । सरकारको सन् २०३० भित्रै मुलुकलाई क्षयरोग तथा कुष्ठरोग निवारण गर्ने लक्ष्य पुरा गर्न धनगढी उपमहानगरपालिकाले  कुष्ठ रोग निवारण अभियान  संचालन गरिने भएको छ ।

कुष्ठरोग निवारण अभियान संचालको लागि तस्बिर परिणाम

धनगढी उपमहानगरपालिका भित्र कुष्ठ रोग निर्मुलका पार्नका लागि १९ वटा वडामै कुष्ठ रोग निवारण कार्यक्रम २०७६ अन्तर्गत बैशाख २२, २३ गते देखि २४ गतेसम्म कुष्ठ रोग निवारण अभियान  संचालन गरिने भएको हो ।

धनगढी उपमहानगरपालिका स्वास्थ्ये शाखाले आज कुष्ठ रोग निवारण अभियान २०७६ संन्चारकर्मीहरु संग अन्तरत्रिया कार्यक्रम गरी जानकारी दिएको छ । 
 
कुष्ठ रोगीका बिरामीहरु पत्ता लगाउन समस्या भएको र बिरामी खुलेर स्वास्थ्य संस्थासमक्ष नआउनु पनि मुख्य समस्याका रुपमा रहेको  धनगढी उपमहानगरपालिकास्वास्थ्यसंयोजक डा खगेन्द्र बहादुर बमले  बताए ।

नेपालले सन् २०३० सम्म सबै जिल्लाहरुमा प्रति दश हजारमा एकभन्दा कम अर्थात कुष्ठ रोग न्यूनिकरण गर्ने लक्ष्य राखेको संयोजक बमले   बताए ।

गतआर्थिक बर्षमा  सुदू्पश्चिम प्रदेश भरी  २८८ जना र कैलाली जिल्ला भरी १२३ जना  कुष्ठ रोगका बिरामीहरु फेला परेका छन् भने *- धनगढी उपमहानगरपालिका भित्र ३९जनाकुष्ठ रोगका विरामीहरु फेला परेकाले सेती अन्चल अस्पतालमा उपचार भईरहेको  संयोजक बमले जानकारी दिए । त्यसैगरी उनले भने सुदूरपश्चि प्रदेशको कैलाली कन्चनपुर र अछाम जिल्लामा विकराल समस्या रहेको छ भने  धनगढी उपमहानगरपालिका भित्र झनै समस्या रहेको उनले जानकारी दिए । 

उनले कुष्ठरोगले छाला, हातखुट्टा र आँखामा स्थायी क्षति पुर्‍याउन सक्ने भएकोले यसको लक्षण देखिने बित्तिकै उपचार गराई हाल्नुपर्नेमा जोड दिए । कुष्ठ रोग निवारण अभियानमा भन्डै १५२ जना स्वयमसेविका खटाईने पनि संयोजक बमले बताए ।



बिहिबार १९, बैशाख २०७६ ०६:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.