कांग्रेस नेता जोशीद्वारा डोटीबाट प्रत्यक्ष चुनाव लड्ने घोषणा

युग संवाददाता     660 पटक पढिएको    

कांग्रेस नेता जोशीद्वारा डोटीबाट प्रत्यक्ष चुनाव लड्ने घोषणा

काठमाडौ / नेपाली कांग्रेस डोटीका प्रभावशाली नेता पदमराज जोशीले संघीय चुनावमा प्रतिनिधिसभामा चुनाव लड्ने घोषणा गरेका छन्।

शुक्रबार कीर्तिपुरमा डोटी लगायत सुदूरपश्चिम घर भइ काठमाडौंमा अध्ययनरत नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरु संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता जोशीले आफूले जति डोटीको विकासलाई नबुझेको दाबी गरे । उनले भने, ‘डोटीको विकासको लागि मैले जतिको काम अरू कसैले गर्न सक्दैन। मसँग स्पष्ट विकासको खाका छ। विगत ४० वर्षदेखि डोटीको विकासमा लागेको र मैले जति डोटी कसैले बुझेको छैन।’

उनले आफूबाहेक डोटीमा अरु कसैले चुनाव जित्न नसक्ने ठोकुवा गरे । डोटीका विद्यार्थी र बौद्धिक वर्गलाई आउँदो चुनावमा आफूलाई सहयोग गर्न उनले अपिल समेत गरे । उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी वक्ताहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउंदै केन्द्रबाट टिकट लिएर आए जिताउने प्रतिबद्धता गरेका छन्। नेता जोशीको समर्थनमा उनले गरेको कामबारे विद्यार्थी नेता प्रदिप भट्ट, मान बोहरा, नन्द खडायत, गणेश भट्ट, राम बिकले खुलेर चर्चा गरेका थिए।

उनले आफू कांग्रेस जिल्ला उपसभापति हुँदा होस् या नेपाल-भारत मैत्री संघको अध्यक्ष हुँदा होस्, गरेको कामको मूल्याङ्कन डोटेली जनताले गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका कार्यवाहक सभापति गणेश भण्डारीले आँउदो चुनावमा जोशीलाई जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता जनाए।



शनिबार ०४, भदौ २०७९ ११:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal