माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

युग संवाददाता     141 पटक पढिएको    

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं / नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ ।

साथै बैठकमा सत्ता गठबन्धनमा सिट बाँडफाँट देखिएको सकसका बारेमा पनि छलफल हुने भएको छ । माओवादी केन्द्रले निर्वाचनको लागि घोषणापत्र तयार गर्न नेपाल समाजवादी पार्टीका नेतासहितको एक समिति बनाउने तयारी गरिरहेको छ । यस विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । 



बुधबार ०१, भदौ २०७९ ०६:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.