नेपाल वायु सेवा निगमका क्याप्टेन लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइयो

देश

Yugnepal     758 पटक पढिएको    

नेपाल वायु सेवा निगमका क्याप्टेन लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइयो

 नेपाल वायु सेवा निगमका क्याप्टेन लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइयो

काठमाडौँ, वैशाख १६
नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान ले लामाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै स्पष्टीकरण सोधेकामा चित्त बुझ्दो जवाफ नआएपछि प्रवक्ताको जिम्मेवारीबाट हटाएको हो ।

निगमको दुबई उडान स्थगित भएपछि लामाले केही मिडिया तथा सामाजिक सञ्जालमा आफूलाई ‘निद्रा नलाग्ने’, ‘मानसिक तनाव’ रहेको जस्ता अभिव्यक्ति दिएका थिए । लामाको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उनको लाइसेन्स तत्कालका लागि ‘सस्पेन्स’ गर्ने निर्णय गरेको हो ।

“क्याप्टेन लामाले रेडियो, युट्यूब च्यानल तथा फेसबुकतिर आफूलाई निद्रा नलाग्ने, ‘स्ट्रेस’ हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए । हाम्रो नियमअनुसार स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ । उनले हामी क्यान लाई रिपोर्ट गराएनन्, यसबारे स्पस्टिकरण पनि चित्तबुझ्दो नआएपछि प्रवक्ताको जिम्मेवारीमा रहुन्जेल जहाज उडानमा रोक लगाइएको हो,”–प्राधिकरणका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

प्राधिकरणको सेफ्टी हेर्ने विभागले लामाले विभिन्न मिडियामा दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएको भन्दै ‘लामालाई जहाज उडाउन किन दिने भन्दै स्पष्टीकरण सोधेको थियो । रासस



सोमबार १६, बैशाख २०७६ ०६:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.