वडा कार्यालयबाट वृद्धा भत्ता वितरण सुरु

युग संवाददाता     182 पटक पढिएको    

वडा कार्यालयबाट वृद्धा भत्ता वितरण सुरु

धनगढी /  कैलालीको कैलारी गाउँपालिकाले वडा कार्यालयबाट वृद्धा भत्ता वितरण सुरु गरेको छ । गाउँपालिका अध्यक्ष राजसमझ चौधरी सोमबारदेखि वडा नम्बर ६ को कार्यालयबाट पहिलो पटक वडाबाटै वृृद्धा भत्ता वितरणको व्यवस्था मिलाएको बताए । उनले भने–‘बैंकलाई हामीले भनेका छौ, पहिलो किस्ता व्यवस्थापन गर्न बैंकबाट बुझाउनुस त्यो आफनो ठाउँमा छ । आउने दिनमा गाउँठाउँमा गएर नबुझाए बैंकबाट खाता हटाउछौ ।’ 
हसुलिया बजारमा रहेको बैंकमा वृद्ध भत्ता बुझन आउँदा वृद्धवृद्धालाई समस्या भइरहेकोले अबदेखि वडा कार्यालयबाट सोको व्यवस्था मिलाएको उनले बताए । वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमबहादुर चौधरी एनआइसी एसिया बैंक सुरक्षाका साथ आएर वडा कार्यालयमा पहिलो पटक वृद्धा वितरण गरिरहेको बताए । आफनै गाउँठाउँमा वृद्धाभत्ता वितरणको व्यवस्था भएपछि हिडन नसक्ने वृद्धाहरुलाई हसुलिया जानु पर्ने बाध्य तरेको छ ।



सोमबार २३, साउन २०७९ ०५:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.