जघन्य अपराधमा प्रहरी नै संलग्न

युग संवाददाता     277 पटक पढिएको    

जघन्य अपराधमा प्रहरी नै संलग्न

काठमाडौं / समाजमा शान्ति र अमनचैन गराउने जिम्मेवारी पाएका प्रहरी कर्मचारी नै जघन्य प्रकृतिका अपराधमा संलग्न हुन थालेका छन् । विगतमा ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् । तर, पछिल्लो समय लुट, अपहरण र बलात्कार प्रयास जस्ता जघन्य अपराधमा प्रहरी कर्मचारी संलग्न भएका घटना बाहिरिएका छन् ।

साउन १८ मा चिनियाँ नागरिक याङ याङ र उनका भाषा सहायक सूर्य बहादुर राई अपहरणमा परे । लैनचौर स्थित चिनियाँ याङको फ्ल्याटमा पुगेका ६ जनाको समूहले उनीहरूलाई अपहरण गरेका हुन् । अपहरण गर्ने समूहमा पाटन उच्च अदालतका न्यायाधीशका निजी सुरक्षा अधिकृत ९पिएसओ० ३६ वर्षका कर्ण बहादुर गुरुङ र प्रहरी वृत्त बालाजुमा कार्यरत २८ वर्षका शिव सुनुवार पनि संलग्न थिए । पिएसओ गुरुङ प्रहरी हवल्दार हुन् भने सुनुवार सादा पोसाकमा खटिने जवान हुन् ।

उनीहरू दुवैलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेर  ‘अपहरण तथा शरीर बन्धक मुद्दा’मा अनुसन्धान गरिरहेको छ । चिनियाँलाई बन्धक बनाएर राखेको गोंगबु मित्रनगर स्थित स्वर्गद्वारी प्युठान होटल एण्ड लजबाट प्रहरीले हतकडी पनि बरामद गरेको थियो । सो हतकडी प्रहरी जवान सुनुवारले अपहरणमा प्रयोग गरेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले  बताए ।

कानुन कार्यान्वयन गर्ने जिम्मा लिएका प्रहरी नै अपहरण जस्तो गम्भीर अपराधमा संलग्न हुनुमा ‘साङ्गठनिक नियन्त्रण प्रणाली’को कमजोरी रहेको बताउँछन् पूर्व आईजीपी सर्वेन्द्र खनाल  खनालले भने–‘प्रहरीलाई गलत काममा संलग्न हुनबाट रोक्न साङ्गठनिक नियन्त्रण प्रणाली निर्भीक र मजबुत हुनुपर्छ ।’

२०७९ जेठ ८ मा काठमाडौँ महानगरपालिका–२६ लैनचौर स्थित ब्याडमिन्टन कोर्टबाट एक जना सुन व्यापारी लुटिए । लुटपाटमा संलग्न आरोपमा नुवाकोटको दुप्चेश्वर घर भएका २५ वर्षीय पेम्बा तामाङ र  दाङको बंगलाचुली घर भएका ३४ वर्षीय सालिकराम नेपाली पक्राउ परे । वैशाख १८ मा पक्राउ परेका सालिकराम नेपाली प्रहरी हवल्दार हुन् । उनी प्रहरी वृत्त मालिगाउँमा कार्यरत थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई डाँकाचोरी सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । लैनचौरको ब्याडमिन्टन कोर्टस्थित खाजा घरमा सस्तोमा सुन किन्न भनेर व्यापारीलाई बोलाएर नेपाली सहितको समूहले ३५ लाख लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ३५ लाख लुटमा प्रहरीकै समूह, मालिगाउँ वृत्तका हवल्दार पक्राउ ।

इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक ९असई० प्रवीण चौलागाईं अहिले हिरासतमा छन् । मुद्दा शाखामा कार्यरत चौलागाईंलाई हिरासतमा रहेकी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । आरोपपछि उनलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले  बताए ।

साउन ११ मा बहुविवाह गरेका कसुरमा एक महिला थुनामा परेकी थिइन् । उनलाई असई चौलगाईंले साउन १२ मा राति २ बजे सोधपुछका लागी हिरासतबाट झिकाएका थिए । सोधपुछको आवरणमा महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

चौलागाईं विरुद्ध महिलाले जबरजस्ती करणी प्रयास गरेको आरोपमा जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर उनीमाथि अनुसन्धान भइरहेको छ । 



सोमबार २३, साउन २०७९ ०७:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.