थारु राष्ट्रिय मुक्ति मोर्चाको नयाँ नेतृत्व चयन

युग संवाददाता     151 पटक पढिएको    

थारु राष्ट्रिय मुक्ति मोर्चाको नयाँ नेतृत्व चयन

धनगढी /  नेकपा (माओवादी केन्द्र) निकट थारु राष्ट्रिय मुक्ति मोर्चा सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्व चयन भएको छ । शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित सिंङपुरमा भएको मोर्चाको प्रदेश स्तरीय सम्मेलनले प्रदेशमा नयाँ नेतृत्व चयन गरेको हो । 
मोर्चाको प्रदेश अध्यक्षमा वीरबहादुर चौधरी अध्यक्षमा चयन भएका छन् । यसैगरी, सचिवमा बालकृष्ण चौधरी (विकास), सहसचिवमा निराशा चौधरी (तुलना) र अनिल कठरिया चयन भएका छन् । मोर्चाको सात पदाधिकारीसहित ७१ सदस्यीय प्रदेश कमिटी बनाइएको छ । 



आइतबार २२, साउन २०७९ ०८:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.