निमावि शिक्षक अनुमतिपत्रको परीक्षा केन्द्र फेरियो

युग संवाददाता     212 पटक पढिएको    

निमावि शिक्षक अनुमतिपत्रको परीक्षा केन्द्र फेरियो

कैलाली / शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको परीक्षा केन्द्र परिवर्तन गरेको छ । आगामी साउन २८ गते सञ्चालन हुने निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको निम्ति कैलाली जिल्लामा राखिएको परीक्षा केन्द्र परिवर्तन गरिएको हो ।

यसअघि कैलालीको केन्द्र नम्बर ७२६ थ्री स्टार इङ्लिस बोर्डिड स्कुल ९ख० तोकिए पनि गत २० गतेको बैठकले परीक्षा केन्द्र परिवर्तन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शारदा माध्यमिक विद्यालय वैयावेहडी ९ग० लाई परीक्षा केन्द्र कायम गरिएको आयोगले जनाएको छ ।

उक्त केन्द्रमा सहभागी हुने परीक्षार्थीहरुको रोल नम्बर ३८७२०००६८८६ देखि ३८७२०००७१४० सम्म रहेको छ । केन्द्रमा दुई सय ५५ जना परीक्षार्थी छन् ।



आइतबार २२, साउन २०७९ ०८:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.