बैतडीमा बल्ल कोरोना कोष स्थापना

युग संवाददाता     252 पटक पढिएको    

बैतडीमा बल्ल कोरोना कोष स्थापना

बैतडी / बैतडीमा पहिलोपटक  कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी भएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार जिल्लाका प्रत्येक स्थानीय तहबाट रु ५० हजारका दरले जम्मा गरी पाँच लाख बराबरको कोष स्थापना हुने भएको छ । यहाँ १० स्थानीय तह छन् ।  केही दिनअगाडि विपद् व्यवस्थापन समितिको बैठकले कोरोना कोष स्थापना गर्ने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमितहरुलाई उपचारको दायरमा ल्याउन र उनीहरुलाई सम्बन्धित ठाउँसम्म पु¥याउन सहयोग गर्ने उद्देश्यले कोरोना कोष स्थापना गर्ने निर्णय भएको उहाँको भनाइ छ  ।  सङ्क्रमणको चौथो लहरको जोखिम बढिरहेकालाई पूर्वतयारी गर्न थालिएको हो । उनले भने, “सीमा नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएकाहरुलाई होल्डिङ सेन्टरमा राख्दा र उनीहरुलाई सम्बन्धित ठाउँमा पु¥याउन लाग्ने पैसा सो कोषबाट खर्च गरिनेछ ।” कोरोना कोष स्थापना गरेर त्यसको व्यवस्थापन गर्ने जिम्मा स्वास्थ्य कार्यालयलाई दिइएको छ ।

विपद् व्यवस्थापन समितिको बैठकले प्रत्येक स्थानीय तहमा होल्डिङ सेन्टर र आइसोलेसन, क्वारेन्टिन निर्माण गरिने, कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने, जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सहरुको लगत यथाशीघ्र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सचिवालयमा पेस गर्ने निर्णय गरेको छ ।

 यसैगरी प्रत्येक स्थानीय तहमा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने निर्णय भएको छ । त्यसका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर अघि बढ्नेसमेत निर्णय भएको छ ।  

भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म तीन हजार तीन सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोनाकै  कारण यहाँ १९ जनाले ज्यानसमेत गुमाइसकेका छन् ।  



आइतबार २२, साउन २०७९ ०९:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.