भारतको उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित

युग संवाददाता     188 पटक पढिएको    

भारतको उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित

एजेन्सी, भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित भएका छन् । हिजो भएको मतदानबाट पश्चिम बङ्गालका पूर्व गभर्नर धनखर नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।

उपराष्ट्रपतिका विपक्षी उम्मेदवार मार्गरेट अल्भालाई ३ सय ४६ मतले पराजित गर्दै धनखर उपराष्ट्रपतिमा चयन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खसेको सदर ७ सय १० मतमध्ये धनखरले ५ सय २८ र विपक्षी उम्मेदवार मार्गरेट अल्भाले १ सय ८२ मत प्राप्त गरे ।

१६औँ उपराष्ट्रपति चुनावका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७ सय ८० सांसदमध्ये ७ सय २५ सांसदले मतदान गरेकोमा पन्ध्र मत अमान्य भएको घोषणा गरे ।

भारतमा नयाँ उपराष्ट्रपतिका लागि हिजो मतदान भएको थियो । धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो । यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएका छन् ।



आइतबार २२, साउन २०७९ ०७:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.